काठमाडौं : भुकम्पपछि अत्याधिक रुपमा आकाशिएको निर्माण सामाग्रीको मूल्य घटेको छ ।
पुनर्निर्माणको कामहरु लगभग सकिँदै गएको तथा अन्य विकास निर्माणका कार्यहरुले गति नलिँदा निर्माण सामग्रीको माग अत्याधिक रुपमा घट्दा सामग्रीको मूल्य पनि घटेको निर्माँण व्यवसायी बताउँछन ।
एक वर्षको अवधिमा फलामे डण्डी, सिमेन्ट, बालुवा, गिट्टी र इँटाको मूल्यमा भारी गिरावट आएको छ ।
हाल फलामे डण्डी प्रतिकिलो ६० रुपैया, सिमेण्ट, प्रतिबोरा ५५० देखि ६५० रुपैयाँमा उपलब्ध भइरहेको छ ।
गत वर्ष डण्डी प्रतिकिलो ८० थियो भने सिमेण्ट प्रतिबोरा ८५० देखि ९०० रुपैयाँ सम्म बजारमा बिक्रि हुने गरेको थियो ।
निर्माण व्यवसायीका अनुसार अघिल्लो साल ३५ हजार प्रति टक पर्ने बालुवा हाल २४ देखि २५ हजार रुपैयाँमा र गिट्टी ३५ हजारबाट २२ हजारमा झरेको छ । इट्टा प्रतिगोटा १२ देखि १५ मा पाइने उनीहरु बताउँछन ।
अफ सिजनमा इट्टाको मूल्य प्रतिगोटा २० देखि २२ रुपैयाँ पर्नेमा अहिले माग कम हुँदा सबै सिजनमा १२ रुपैयामा नै प्रतिगोटा पाइन्छ ।
ले घटेको छ ।