प्याजको बजार भाउ बढेसंगै नेपाली भान्सामा पाक्ने तरकारी मा प्याज को प्रयोग न्युन हुन थालेको छ ।
प्रति किलो ५० देखि ६० को हाराहारीमा पाइने सुकेको प्याज बिना भान्साका तरकारी प्राय जसो कमै पाक्छन तर प्याजको बजार भाउ प्रति किलो २०० देखि ३०० सम्म बढे पछि उपभोक्ता मारमा परेका छन् ।
चटपटे व्यबसाय कृष्ण ढुंगेल बताउछन्, “चटपटेमा प्याज नभई हुदैन र एस्तो प्याजको महंगीले हामी जस्तो चटपटे व्यबसाईहरुलाई धेरै मर्का पारिरहेका छ” ।
हप्तामा एक किलोको हाराहारीमा प्याज खपत गरिरहेका काठमाडौँ निवासी प्रमिला थापा मगरले अहिले मुस्किलले दुइ हप्तामा एक किलो खपत गर्ने गरेको सुनाईन । त्यस्तै सुम्निमा श्रेष्ठका अनुसार, “प्याजको मूल्य आकाशिएसंगै प्याज खानै बन्द गरिदिए, कहिलेकाही पाउनाहरु आउदा मात्रै प्याज हालेर तरकारी बनाउछु ” ।
तरकारी ब्यवसाय गरिरहेका लक्ष्मी खड्का गुनासो गर्दै भन्छिन, “महँगोमा किनेर ल्याएको प्याज बिक्रि गर्नै गारो भैराको अवस्था छ” ।
दशैं अघिदेखि बढ्न थालेको प्याजको भाउ मङ्सिर दोश्रो हप्ता कटिसक्दा पनि घट्ने कुनै संकेत छैन ।
तरकारीको कालाबजारीको कारण पनि प्याजको मूल्य घट्न सकेको छैन । भारतदेखि रिक्सामा प्याज ल्याउने र नाकामा भन्सार तिरेर नेपाल भित्राउदै ट्रकमा लोड गरेर देशको प्रमुख सहरहरुमा पुर्याएर बेचने प्रबिद्दि बढ्दो छ । भारतमा प्रति किलो भारु ७५ छ सुकेको प्याजको मूल्य छ जसको नेपाली मूल्य १२० पर्न आउछ तर तेही प्याज नेपालमा अहिले प्रति किलो
१९० रुपैयामा खुद्रा बजारमा बिक्रि भैरहेको छ ।
