काठमाडौं :१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ ।
आज शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४।२० सकेन्डमा निर्धारित दूरी पार गरे ।
त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील दवालले १४ मिनेट ५५।२१ सकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका हुन् ।
कास्य पदक भने नेपालले जितेको छ । नेपालका हरि रिमालले कास्य जितेका हुन् ।
योसँगै नेपालको स्वर्ण पदकको खातामा ३७ स्वर्ण पदक पुगेको छ । नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा ६३ स्वर्णका साथ भारत रहेको छ ।
१३ औं साग खेलकुद प्रतियोगिताअन्तर्गत आज छैटौं दिन विभिन्न खेलहरू भइरहेका छन् ।