Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नुवाकोटमा माछा र चामल ‘जोन’ बनाइने

    नुवाकोटमा माछा र चामल ‘जोन’ बनाइने

    पहिलोक्लिकपहिलोक्लिकDecember 6, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    बेत्रावती: नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि ट्राउट माछा र समुन्द्रफिनी चामल क्षेत्र स्थापित गर्ने योजना बनाएको छ ।

     

    अङ्ग्रेजी नयाँ वर्ष सन् २०२० मा हुन लागेको नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन प्रवद्र्धनका लागि पर्याप्त सम्भावना भएको गाउँपालिकाले ट्राउट माछा र स्थानीय जातको समुन्द्रफिनी चामल उत्पादन गरेर आकर्षण गर्ने नयाँ योजना ल्याएको हो ।

     

    वडा नं १ घ्याङ्फेदीस्थित तालुकसेरीबाट तादी खोलामा २० हजार ट्राउट माछाका भुरा छाडेर माछा ‘जोन’ बनाउने र शिखरवेंशीको फाँटमा चामलका लागि प्रख्यात रहेको समुन्द्रफिनी धानको यस वर्षदेखि नै शुरु गरिएको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरेर पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम चलाउन लागिएको गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिइन ।

     

    उनका अनुसार तादी खोलाको तालुकसेरीबाट आगामी पुस अन्तिममा २० हजार ट्राउट माछाका भुरा छाडेर हुर्किएपछि पर्यटकले आफँैले माछा मार्न पाउने व्यवस्था मिलाउने र त्यसको साथमा समुन्द्रफिनी चामलको खाना खुवाउन नयाँ स्वादमा पर्यटक लोभ्याउन लागिएको छ । “तालुकसेरीबाट तादी खोलामा छाडिएका भुरा माछा आफैँ हुर्किएर करीव १० महिनाको अवधिमा मिश्र भञ्याङदेखि समुन्द्रटारसम्म पर्यटक आफैँले माछा मार्न पाउने सन्देश दिएर जिल्लामा पर्यटक भित्र्याउन लागिएको छ”, उनले थपिन, “गाउँपालिकाले माछा र चामलमार्फत पर्यटकलाई नयाँ स्वाद दिने र धार्मिक तथा पर्यटकीयस्थलको प्रचारलाई पनि सँगसँगै अघि बढाउन आवश्यक तयारी थालिएको छ ।”

     

    पर्यटन प्रवद्र्धन गर्न गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङको संयोजकत्वमा समिति गठन गरेर नुवाकोटमा पर्यटक भित्र्याउन अन्य स्थानीयतहसँग समेत समन्वय गर्ने योजना बनाएको छ । अध्यक्ष तामाङका अनुसार समितिले दुप्चेश्वर महादेव, बच्छलादेवी, गाउँखर्कको मिनी–दुप्चेश्वरलगायतका मुख्यमुख्य धार्मिक स्थल, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड पदमार्ग, घ्याङफेदीको घरवासमा बसेर तामाङ बस्ती, सागरकुण्ड, कुटुमसाङ लगायतका स्थलको प्रचारप्रसार गरेर भ्रमण वर्ष सफल बनाउन महत्व दिइएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026

    राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

    October 28, 2026

    सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात

    October 28, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.