Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » बालसुधार गृहमा बालक बढी हुँदा समस्या

    बालसुधार गृहमा बालक बढी हुँदा समस्या

    पहिलोक्लिकपहिलोक्लिकDecember 8, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    डोटी: जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भन्ने चर्चा चलिरहेका बेला यहाँको जिल्ला सदरमुकाम सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरु राखिँदा झन् समस्या हुँदै आएको छ ।

     

    विसं २०७५ भदौ महिनामा सुदूरपश्चिम प्रदेशभरिका लागि स्थापना गरिएको बालसुधार गृहमा कूल २५ बालक बस्न मिल्ने क्षमताको भए पनि हाल ४८ जना बालक बस्दै आएका छन् । क्षमताभन्दा दोब्बर बालक राखिएका कारण उनीहरुलाई दैनिक कार्यमा समस्या हुँदै आएको छ ।

     

    बालसुधार गृहमा क्षमताभन्दा बढी बालक बस्ने गर्दा व्यवस्थापनलगायतका अन्य सेवा सुविधा लुगा, कपडा, खान–बस्नमा पनि समस्या हुने गरेको बालसुधार गृह व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

     

    उनले भने, “बालकहरु बढी भएका कारण उनीहरुको बसाइ व्यवस्थापनमा समस्यादेखि अन्य सुरक्षा क्षेत्रमा समेत समस्या हुन्छ, आर्थिक रुपमा पनि सीमित बजेट हुन्छ बढी बालकहरु भए अदालतमा हाजिर गराउन, फैसला हुँदा पनि थप सुरक्षा व्यवस्थापन गर्नुपर्छ निकै समस्या उत्पन्न हुने गरेको छ ।”

     

    बालसुधार गृहको सम्पूर्ण अवस्थाका बारेमा अनुगमन गरी र बालकहरुको समस्याका बारेमा लिखित रुपमा माथिल्लो निकायमा जानकारी गराई सकेको समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । क्षमताभन्दा बढी बालकहरु भएका कारण खाने, बस्नेदेखि अन्य व्यवस्थापनमा समस्या हुने गरेको बालसुधार गृह डोटीकी प्रशासकीय अधिकृत सानुमाया लिम्बूले बताए ।

     

    उनले थपे, “क्षमताभन्दा बढी बालक भएका कारण हामीलाई उनीहरुको खानपान, बसाइदेखि अन्य सरसफाइ तथा सुरक्षा गर्नमा निकै चुनौती भएको छ, हामीले हाम्रो समस्याका बारेमा पटक पटक जानकारी दिँदा पनि केही पहल हुन सकेको छैन ।”

     

    बालसुधार गृहमा रहेका ४८ बालकमध्ये १२ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य ३६ जनाको हकमा फैसला नभई पुर्पक्षका लागि बालसुधारगृहमा राखिएको प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिए ।

     

    डोटी जिल्लामा रहेको बालसुधार गृहमा हाल प्रदेश नं ५ र ७ का विभिन्न जिल्लाका बालकहरु रहेका छन् । सुदूरपश्चिम प्रदेशभरि एकमात्र बालसुधार गृह भएका कारण यहाँ बालकहरुको बढी चाप रहेको बालसुधार गृहका कर्मचारीहरु बताउँछन् । उनीहरु भनछन्, “प्रदेशभरिकै एउटैमात्र बालसुधार गृह बनाउनुभन्दा अन्य जिल्लामा पनि बालसुधार गृह निर्माण गरिएको भए राम्रो हुने थियो ।” क्षमताभन्दा बढी बालकहरुलाई एकै ठाउँमा राख्नुभन्दा सरकारले देशका विभिन्न स्थानमा बालसुधार गृह स्थापना गर्नाका साथै भएका बालसुधार गृहलाई व्यवस्थित बनाउनुपर्ने कानून व्यवसायी शङ्करदीप मडैले बताए ।

     

    उनले भने, “गलत काम गरेर सुधारका लागि पठाइएका बालकहरुलाई फेरि दुःख दिनुभन्दा बरु बालसुधारगृह नै सुधार गरे राम्रो हुने थियो ।” कानूनमा दण्डनीय काम गरेका बालकहरुलाई अदालती निर्णय गरी जेल पठाउनुभन्दा सुधार गृहमा राखी आचरण सुधार गर्नुपर्ने नेपाल सरकारको नीतिनियमअनुसार देशका अन्य सातवटा जिल्लासहित सुदूरपश्चिम प्रदेशमा पनि बालसुधार गृह स्थापना गरिएको हो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.