काठमाडौं ः गौरिका सिंहले नेपालका लागि दक्षिण एसियाली खेलकुद (साग) मा नयाँ इतिहास रचेकी छन ।
सातदोबाटोस्थित इन्डोर स्विमिङ हलमा गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन् । यो सहित गौरिकाले सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमानी इतिहास रचेकी छिन् ।
उनले निर्धारित दुरी ४ मिनेट २५।२८ सेकेन्डमा पूरा गर्दै भारतकी सिवांगी सिंहलाई पछि पारिन् ।
सिवांगीले ४ मिनेट २६।२२ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । तेस्रो स्थान हासिल गरेकी श्रीलंकाकी रामुदी नुदाराले ४ मिनेट ४१।९१ सेकेन्डमा दुरी पूरा गरिन् ।
यसअघि उनले २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् । गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा कास्य हात पारेकी थिइन् । जारि सागमा यो नेपालले जितेको ४५ औं स्वर्ण पदक हो ।
यससँगै गौरिकाले नेपाली खेलकुदको इतिहासमा एकै संस्करणमा सर्वाधिक सफल खेलाडी बन्ने कीर्तिमान कायम गरेकी छिन् ।
समग्रमा सर्वाधिक सफल खेलाडी भने तेक्वान्दोका दीपक विष्ट रहेका छन् । उनले सागमा ४ स्वर्ण जितेका छन् ।