Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘एकदिन एक दाता’ अभियानले वृद्धाश्रम सञ्चालन सहज

    ‘एकदिन एक दाता’ अभियानले वृद्धाश्रम सञ्चालन सहज

    पहिलोक्लिकपहिलोक्लिकDecember 9, 2019No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    वालिङ: ‘एकदिन एक दाता’ अभियानले वृद्धाश्रम सञ्चालन सहज भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ रामनदीधाममा रहेको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थामा आश्रय लिनुभएका वृद्धवृद्धाको भोजन व्यवस्थापन सहज भएको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाकी अध्यक्ष कविता गैह्रेले बताए ।

     

    “संस्थाले शिवपुराण महायज्ञ लगाएर थालनी गरेको वृद्धाश्रम निर्माण कार्यका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगले निर्माण गरेका हौँ”, अध्यक्ष गैह्रेले बताए, “देशभरका वृद्धाश्रमको अवस्था हेर्दा निर्माण गर्नुभन्दा पनि सञ्चालनमा कठिनाइ देखिएकाले सहज बनाउन ‘एकदिन एक दाता’ अभियानको शुरुआत गरेका हौँ जसले सञ्चालन कार्य सहज बनाएको छ ।”

     

    सोह्र कोठाको सुविधासम्पन्न भवन निर्माण भए पनि वृद्धवृद्धाका लागि आवश्यक पर्ने दैनिक भोजनको व्यवस्थापन गर्न समस्या परेपछि ‘एक दिन एक दाता’ अभियान सञ्चालन गरेसँगै समस्या टरेर गएको अध्यक्ष गैह्रेले बताए । “भोजनका लागि आर्थिक अभावले समस्या परेको थियो”, अध्यक्ष गैह्रेले भने, “एक दिन एक दाता अभियानको थालनीसँगै चालू आर्थिक वर्षको हालसम्म ८८ जनाले भोजनका लागि आर्थिक सहयोग गर्नुभएको छ ।”

     

    जन्मदिन, वैवाहिक वर्षगाँठ जस्ता शुभकार्य तथा दिवङ्गत आत्माको पुण्यतिथिका दिनमा कम्तीमा पनि रु छ हजार दिएर यस अभियान सहभागी हुन पाइने नियम बनाएसँगै वृद्धवृद्धाको भोजनलाई सहयोग गर्ने दानवीरको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख सुनिल श्रेष्ठले बताए।

     

    स्याङ्जा र पाल्पाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थलका रुपमा परिचित रामनदीधाममा पितृ कार्य गरी वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई एक दिनको भोजन गराउनका लागि कम्तीमा छ हजारदेखि माथि इच्छाअनुसार दान दिने गरेकाले वृद्धाश्रम सञ्चालन गर्न सहज भएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

     

    “फजुल खर्च तथा तडकभडकसहित जन्मदिन तथा विवाह वर्षगाँठ मनाउनेहरु पनि आजभोलि वृद्धाश्रममा आएर जन्मदिन मनाउने पद्धतिको विकास हुँदै गएको छ”, कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “जसले गर्दा वृद्धाश्रममा बस्दै आएका २० वृद्धवृद्धाको भोजन व्यवस्थापन सहज भएको छ ।”

     

    स्याङ्जासहित छिमेकी जिल्ला पाल्पा, रुपन्देही, गुल्मी नवलपरासीलगायत जिल्लाबाट आउने व्यक्ति तथा सङ्घसंस्थामार्फत यो अभियानअन्तर्गत प्राप्त भएको रकम स्थानीय रेडियो, टेलिभिजन तथा पत्रपत्रिका र सामाजिक सञ्जालबाट सार्वजनिक गरेकाले पनि एकपछि अर्को दाताले वृद्धाश्रमलाई सहयोग गर्न थालेका कार्यालय प्रमुख श्रेष्ठको दाबी छ ।

     

    स्याङ्जासहित पाल्पा, कास्की, रुपन्देही, गुल्मीलगायत जिल्लाबाट आएर वृद्धाश्रममा आश्रय लिएर बस्नुभएका वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । वृद्धवृद्धाको दैनिक स्वास्थ्य परीक्षणका लागि वृद्धाश्रममै उपस्वास्थ्यचौकी स्थापना गरिएको छ जसले गर्दा आवश्यक औषधि तथा परामर्शको सहज व्यवस्थापन भएको छ ।

     

    वृद्धाश्रममा विभिन्न सरकारी सङ्घसंस्था तथा व्यक्तिले अन्य उपकरणहरु, लत्ताकपडा, तातो चिसो खानेपानी फिल्टर लगायतका सामग्री सहयोग गर्नुभएको छ भने अक्षयकोष पनि सञ्चालनमा छन् । वृद्धवृद्धाको स्याहार तथा सरसफाइका लागि पाँच जना कार्यालय सहयोगी राखिएको संस्थाका उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताए ।

     

    वृद्धवृद्धाले टेलिभिजन हेर्ने, सामूहिकरुपमा भजनकीर्तन गर्ने, लाखबत्ती काट्ने जस्ता कार्य गरेर दिन बिताउँदै आएका उपाध्यक्ष खनालले बताए ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.