Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन हुन्छ ः मन्त्री अर्याल

    अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन हुन्छ ः मन्त्री अर्याल

    पहिलोक्लिकपहिलोक्लिकDecember 10, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काभ्रेपलाञ्चोक: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताएका छन् ।

     

    भूमि व्यवस्थापन तालीम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं शैक्षिक अनुसन्धान तथा विस्तार’ विषयक दुईदिने अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उनले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गर्ने अभियानमा मन्त्रालय लागिपरेको छ भनि जानकारी दिए ।

     

    “जग्गा प्रशासन क्षेत्रमा सुशासन कायम गरी सेवा प्रवाहलाई आधुनिकीकरण गर्ने प्रक्रियामा मन्त्रालय लागेको छ” उनले भने, “विकास निर्माणका लागि आवश्यक पर्ने भौगोलिक सूचनाको उपलब्धता सुनिश्चित तुल्याउन मन्त्रालय प्रतिबद्ध छ ।”

     

    मन्त्री अर्यालले विकास निर्माणको मेरुदण्ड नाप–नक्शा तथा भूमि व्यवस्थापनले राज्यलाई पु¥याउनुपर्ने योगदानका लागि समसामयिक क्षमता विकास गर्नु अपरिहार्य र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै नाप–नक्शा तथा भूमि व्यवस्थापनमा नविनतम् प्रविधिको प्रयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

     

    “भूमि व्यवस्थापनका क्षेत्रमा स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग थप सहकार्य गर्न जरुरी देखिन्छ”, उनले थपे, “नाप–नक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा भएको विकसित प्रविधिलाई आत्मसात गर्दै जानुपर्दछ ।”

     

    मन्त्री अर्यालले केन्द्रले भूमि व्यवस्थापनमा रुपान्तरणका लागि प्रशिक्षण पाठ्यक्रममा समसामयिक परिमार्जन, क्षमता विकास तथा विश्वविद्यालयको सहकार्यलाई अझ बढी प्रभावकारी र व्यवस्थित तुल्याउनुपर्नेमा जोड दिदैं यस्ता अन्तरराष्ट्रिय गोष्ठीबाट नाप–नक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा देश विदेशमा विकास भएका नविनतम् प्रविधि एवं अवधारणको अध्ययन, अनुसन्धान तथा उपयोगको अनुशरण गरी निरन्तरता दिनुपर्छ भन्ने धारणा राखे ।

     

    काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले कुनैपनि विषयमा योजनामा स्रोत, योजनाकार, सामग्री तथा दूरदृष्टि भएमात्रै अपेक्षित लक्ष्य पूरा हुने बताए । धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जू श्रेष्ठले ग्रामीण र शहरी क्षेत्रमा छुट्टाछुट्टै अवधारणा बनाइ वैज्ञानिक ढङ्गले भूमि व्यवस्थान जरुरी भएको उल्लेख गरे ।

     

    दुई दिने सो कार्यशाला गोष्ठीमा नेदरल्याण्ड, टर्की, चीन, भारत, अफ्गानिस्तान, मङ्गोलियालगायत १५ देश तथा नेपालस्थित विश्वविद्यालयका प्राध्यापक, भूमिविज्ञ, विद्यार्थी, कर्मचारीलगायत एक सयको सहभागिता रहेको केन्द्र प्रमुख गणेशप्रसाद भट्टले जानकारी दिए ।

     

    उनका अनुसार गोष्ठीमा दिगो विकास लक्ष्यअनुरुप विकासको ‘मोडल’, वैज्ञानिक शहरीकरणमा प्रविधिको विकास, भूमि व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगलगायतका विषयमा देश विदेशका विज्ञले प्रस्तुतिकरण एवं अनुभव आदानप्रदानको गर्ने कार्यक्रम रहेको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.