काठमाडौँ : आज देशका अधिकांश भागमा मौसम बदली भएका कारण अधिक चिसो महसुस गरिएको छ ।
इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली हिजो साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गरेकाले त्यसको प्रभावले केही स्थानमा हिमपात सुरु भइसकेको छ ।

नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात सुरु भएकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् ।
यो प्रणाली आज बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने मौसमविद् मञ्जु वासीले बताइन् ।
हाल विराटनगर आसपासका तराई भू(भागमा सामान्य हुस्सुरकुहिरो लागेको छ।
सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ।