आज मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन हरेक सालझैँ धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । उधौली पर्व अन्नबाली भित्र्याइएको खुशीयालीमा मनाइन्छ । उधौली पर्व प्रकृतिको सम्मान गर्ने पर्व हो आफुले लगाएको वाली राम्रो बनाइदिएको उपलक्ष्यमा भूमे देवतालाइ धन्यबाद ज्ञापन गरिन्छ आजको दिन ।
किराँतीहरुले आजको दिन परम्परागत पहिरनमा सजिएर साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा बजाउदै सामूहिक नृत्य तथा गीत प्रस्तुत गर्ने र चण्डीनाच गर्दछन । आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन ।
यसैबीच नेवारी समुदायले आज मंसिर पुर्णिमाको दिन योमरि पुन्हि तथा धान्य पूर्णिमा मनाउने गर्दछन । योमरि पुन्हि पनि नेवार समुदायको एउटा महान पर्व हो । बिहानै पुजाआजा गरेर भित्राईएको नयाँ धानको चामलको पिठ, चाकु, र तिलबाट योमरी बनाएर यो पर्व मनाउछन । योमरी त्रिकोणात्मक आकारमा बनाउने चलन छ । मैदाको पिठो भित्र तरकारी र मासुका किमा, चाकु, खुवा हाली पानीको बाफमा पकाइन्छ ।
उधौली/योमरि पुन्हि/ धान्य पूर्णिमाको अवसरमा रास्ट्रपति विद्या देवी भण्डारीले सुभकामना ब्यक्त गरेकी छिन । ‘उधौलीजस्ता चाडपर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्त्वपूर्ण योगदान गरेका छन्,’ भनि विज्ञप्तिमा जारि छ ।
नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष दाहालले सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यी पर्वहरुले थप मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।