काठमाडौं : हुम्लाको नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा५खा ५३४४ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन ।
दुर्घटनामा थप दुई जना घाइते भएका छन ।
सञ्चारले राम्रो काम नगरेकोले विस्तृत जानकारी नआएको प्रहरीको भनाइ छ ।
हुम्लामा यसअघि पनि टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो ।
Facebook Comments Box
