काठमाडौं : अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ को अफिसियल ट्रेलर सर्वाधिक रुचाइएको छ ।
सत्यघटनामा आधारित भइ बनेको यस फिल्मलाई करीब ३ करोडले हेरिसकेका छन ।
गत सोमबार सार्वजनिक भएको यस फिल्मको ट्रेलर अहिले धेरैले युट्युब च्यानलमा खोजी गरिरहेका छन ।
एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनमाथि बनेको यो फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिकामा निर्वाह गरेकी छन् ।
उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए।
चलचित्र ‘छपाक’ मा दीपिका पादुकोणसगै विक्रान्त मेसीको पनि मुख्य भूमिका रहेको छ ।
एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित भएर निर्माण यस चलचित्रलाई मेघना गुलजारले निर्देशनगरेकी हुन् ।
फिल्म १० जनवरी २०२० मा ‘छपाक’ रिलिज हुदैछ ।