काठमाडौँ : प्रत्येक घरबाट दिनहु काम नलाग्ने सामान जस्तै: प्लास्टिक, बोत्तल, कागज, फलाम आदि निस्किरहेको हुन्छ । यस्ता सामान कतिले फोहोर संकनल गर्न आउनेलाई दिन्छन त कतिपयले जम्मा गरेर कवाडीवालालाई बेच्छन ।
खालीसिसी पुरानो कागज भन्दै ठुला ठुला आवाजमा कुनै व्यक्ति कराएर हिडेको सुन्दा केहि नौलो लाग्दैन अहिले सहरी छेत्रहरुमा । प्रत्येक दिन बिहान देखि बेलुकासम्ममा एकचोटी त यो आवाज नसुनेर दिननै कट्दैन होला सायद सहरवासीहरुको । प्रयोगमा नआएको सामान बेच्न पाउने हुदा कति रमाउछन त कतिलाई झर्को पनि लाग्ला उनको आवाज ।
येस्तै खालीसिसी पुरानो कागज भन्दै आफ्नो गुजारा चलाउने सर्लाहीका हितेश्वोर यादव साँखुका चोक र गल्लीको बाटो नाप्दै हिडेको ३ वर्ष भयो ।
यादव कामको सिलसिलामा काठमाडौँ आइपुगेका तर आफुसंग केहि शीप नभएर कवाडी कै काम गर्न सुरु गरेको सुनाउछन । सामान्यतया उनले दैनिक रुपमा एक हजारसम्म कमाउछन ।
काम ठुलो र सानो भन्ने मान्यता नराख्ने उनी समाजका मानिसको सोच देखेर दुख लागेको बताउछन् ।
“कति मानिसहरुले हामीलाई कवाडीको काम गर्यो भनि नराम्रो नजरले हेर्ने अनि हेप्न खोज्ने गर्छन”, यादवले मलिन आवाजमा भने “काम गरिखादा पनि हामीलाई चोरेर खाएको झैँ व्यवहार देखाउछ धेरै जनाले” ।
पेशा सबैको सामान हुने सोच राख्ने यादव भन्छन, “काम सामान हुन्छ , ठुलो र सानो त सिर्फ ईमान हुन्छ” ।
यादव आफ्नो पेशामा निकै सन्तुष्ट छन् उनले समाजले गर्ने गाली बेइज्जती पचाईसके उनी सहरका गल्ली र चोक चहारेर संकलन भएका कागज होस् वा फलामे रड, सबै बुझाउने स्थान भनेको सर्लाहीकै गणेश साहको कबाडीखाना नै हो ।
अहिले यो कबाडीखानामा चार किसिमका नचाहिने तर पुनप्रयोग गर्ने मिल्ने सामान यत्रतत्र छरिएका छन् ।
वाह्र वर्स अगाडी सर्लाहीको मूल घर छोडी गणेश शाह आफ्नो जिबिकोपार्जनको लागि काठमाडौँ आएका थिए ।
काठमाडौँ त आइपुगे तर काम भने के गर्ने अन्यौलमा थिए उनी । शाहले सोचेको जस्तो सजिलो थिएन काठमाडौँमा काम पाउन । उनले सुरुवात कवाडी संकलन गर्ने कामबाटै गरे । केहि बर्ष दुख गरेर कमाएको पैसा वचत गरेर उनले साँखुमा आफ्नै कवाडी संकलन केन्द्रको स्थापना गरे ।
सडकका गल्ली र चोक चोकमा आफ्नो घोक्रो सुकाएको प्रतिफल भने बल्ल यतिबेला चाख्दै छन् र आफ्नो पेशामा रमाउन थालेका छन् उनी ।
अहिले शाहले ५ जनालाई रोजगार दिएका छन् । उनको कारोबार दैनिक आठ हजारको हाराहारीमा हुने गर्दछ । उनले आफ्नो परिवारलाई नै काठमाडौँमा राखेर पालिरहेका छन् । सर्लाहीको घरमा वर्षमा एकदुई चोटी त्यो पनि चाडपर्वमा मात्रै जान भ्याउछन ।
उनी भन्छन, गरे क हुन्न र , तर त्यसका लागि गर्छु भन्ने आँट र आत्मविश्वास भने हुनैपर्छ ।
यति भन्दा गणेश साहका अनुहार आत्माबिस्वासले चहकिलो हुँदै मात्र के थियो, पुराना फलामका रड किन्ने ग्राहक आए अनि उनको व्यस्तता फेरी सुरु भयो ।
