काठमाडौं : नागरिकता संशोधन कानूनमाथि भारतभर विरोध प्रदर्शन भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले देशका लागि काम गर्दा धेरै विरोध र आरोपको सामना गर्नुपर्ने बताएका छन ।
आज शुक्रवार दिल्लीको एक कार्यक्रममा सहभागी भएका मोदीले काम गर्ने क्रममा धेरै मानिसको क्रोध र आरोप झेल्नु पर्ने भन्दै दुखेसो पोखे ।
उनले भने, ‘भारतको आजादी आन्दोलनको सय सालको यात्रामा धेरै उतार चढाव आयो होला, अनेक मानिसले यसको अगुवाइ गरे होलान, ती सबैजना अभिनन्दनको पात्र हुन । आन्दोलनअघि अर्थव्यवस्था खराब अवस्थामा थियो, त्यसलाई व्यवस्थित गर्ने व्यक्ति भने तमाशा हेरिरहेका थिए, अन्तरराष्ट्रीयस्तरमा देशको साख गिरेको थियो ।’
उनले त्यत्तिबेलाको घटना स्मरण गर्दै भने,’ ट्रिलियन डलरको अर्थव्यवस्थाको कुरा यत्तिकै आएको होइन, पछिल्लो ५ वर्षमा देशको अर्थव्यवस्था मजबुत भएको छ । त्यसैले यो लक्ष्य प्राप्त गर्न सकिन्छ ।’
यसअघि विपक्षी पार्टीहरुले पछिल्लो समयमा केन्द्र सरकारलाई खराब अर्थव्यवस्थाका कारण देखाइ सरकारको आलोचना गर्दै आएका थिए ।