काठमाडौँ : नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले “सहज सेवा, स्वच्छ ने.वि.प्रा.” नाराका साथ राष्ट्रिय अभियानको घोषणा गरेको छ ।
विगत केहि समय यता राज्यले तय गरेको नीति र अपेक्षालाई उर्जा क्षेत्रको सवलता र सक्षमतामार्फत प्राधिकरणले टेवा पुर्याउन सफल भैरहेको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा ग्राहकको गुनासोप्रति उत्तरदायी हुन सहायताकक्ष खडा गरिने, कार्यालयका कामहरु सहज र ग्राहक-मैत्री बनाउन एकद्वार प्रणाली लागू गराउने, विद्युत महशुल भुक्तानी सहज र सरल बनाउन अनलाइन मार्फत भुक्तानीको व्यवस्था जस्ता कार्यक्रमहरुको घोषणा गरिएको छ।
साथै नयाँ मिटर जडान, लोड स्वीकृति जस्ता गराउदा कोहि-कसैबाट अनावस्यक दुख दिने, अनाधिकृत रकम माग गर्ने जस्ता कार्य गरेमा उर्जा मन्त्रालयको हटलाइन नम्बर ११५१, ने.वि.प्रा. को हटलाइन नम्बर ११५० अथवा आधिकारक ट्रेड युनियनको फोन नं. ०१४१५३०९४ वा इमेल neaneu75@gmail.com मा सम्पर्क गरि जानकारी दिन पनि युनियनले अनुरोध गरेको छ ।
