Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » वैदेशिक रोजगार क्षेत्र निरन्तर सुधारको प्रक्रियामा

    वैदेशिक रोजगार क्षेत्र निरन्तर सुधारको प्रक्रियामा

    पहिलोक्लिकपहिलोक्लिकDecember 20, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: विगतमा चरम बेथिति भएको क्षेत्रका रुपमा चर्चा हुने वैदेशिक रोजगार पछिल्ला दिनमा भने निरन्तर सुधारको प्रक्रियामा देखिएको छ ।

     

    अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको कार्य सञ्चालन प्रभावकारिता’सम्बन्धी छलफलमा सहभागी सरोकारवालाले सकारात्मक सुधारलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

     

    कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण कामलाई अनलाइन प्रणालीमा लैजाने तयारी भइरहेको बताए । “आजदेखि हामीले मलेशिया, बहराइनलगायत मुलुकबाट माग प्रमाणीकरणलाई अनलाइन बनाउँदैछौँ”, उनले भने, “अब वैदेशिक रोजगारीमा जान चाहने युवा पासपोर्ट बोकेर ‘एजेन्ट’ खोज्दै म्यानपावर धाउनु नपर्ने व्यवस्था गर्दैछौँ ।”

     

    कामदार छनोट प्रणालीलाई पारदर्शी बनाउन नयाँ प्रणालीको थालनी गरिएको र वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीलाई कामदारमैत्री बनाइने उनको भनाइ छ । वैदेशिक रोजगारसँग सम्बन्धित एक हजार ७६१ संस्था उक्त सूचना प्रणालीमा आबद्ध भएका छन् ।

     

    विभागबाट प्रदान हुने सेवालाई पछिल्लो समय अनलाइनमा आधारित बनाउँदै लगिएको छ । विभागले श्रम स्वीकृतिको स्टिकर अनलाइनबाटै जारी हुने, अनलाइनबाटै टोकन लिन सकिने व्यवस्था गरिसकेको छ ।

     

    यस्तै बीमा तथा कल्याणकारी शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गर्ने तयारी भइरहेको छ । वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरीको फरफारकलाई विभागले तीव्र दिएको उल्लेख गर्दै उहाँले पीडितलाई न्यायको अनुभूति दिलाउन नसकेसम्म आफूहरुको दायित्व पूरा नहुने बताए ।

     

    वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नवीन कामको थालनी गरिएको बताए । सीप र पूँजीसहित वैदेशिक रोजगारीबाट फर्केका युवाको पुनः एकीकरणको काम अगाडि बढेको उनको भनाइ छ ।

     

    बोर्डकै अग्रसरतामा सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बनाउन सहुलियत कर्जा दिने प्रक्रिया अगाडि बढाएको छ । विदेशबाट फर्केका झण्डै १८ हजार युवाले सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिएका थिए । आवेदन दिएका युवालाई कर्जा दिने प्रक्रिया अगाडि बढिरहेको छ ।

     

    विदेशमा सीप आर्जन गरेर फर्केका युवाको निःशुल्क सीप परीक्षण गरी सीपसहित वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया अगाडि बढेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । बोर्डले चालु आवमा करिब १५ हजार युवालाई विभिन्न १९ वटा विषयमा निःशुल्क तालीम दिने तयारी गरेको छ । “तालीमका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का आङ्गिक क्याम्पस छनोट गरिएको छ”, उनले भने ।

     

    नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले विगतको तुलनामा विभाग र बोर्डको कामकारबाहीमा सहजता आएको बताए । सबै व्यवसायी ‘ठग’ हुन् भन्ने मान्यताबाट माथि उठ्न आग्रह गर्दै उहाँले पछिल्लो समय व्यवसायी पनि सचेत हुन थालेका छन् भने ।

     

    श्रम आप्रवासनका क्षेत्रमा लामो समयदेखि अनुसन्धानमा लाग्नुभएका रामेश्वर नेपालले अहिले पनि वैदेशिक रोजगार क्षेत्र सुध्रियो भनेर ढुक्क हुने अवस्था नभएको बताए । सरकारले वैदेशिक रोजगारीमा जानका लागि देशगत रुपमा सेवा शुल्क तोकेको भए पनि अझै पनि कामदार ठगीमा पर्दै आएको उनको भनाइ छ ।

     

    उनले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मानवअधिकार र श्रम अधिकारको अवधारणाबारे जानकारी नहुँदा सरकारी अधिकारीबाटै कामदारमैत्री व्यवहार हुन नसकेको टिप्पणी गरे । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार रुद्र खड्काले पछिल्ला समय वैदेशिक रोजगार क्षेत्रमा केही सुधार देखिएको भए पनि विभाग र बोर्डको भूमिका अझै प्रभावकारी बन्न नसकेको बताए ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.