काठमाडौँ: सेयर बजारमा आज सोमबार सामान्य गिरावट आएको छ । नेप्से परिसूचक शुन्य दशमलब ४४ अंकले घटेर १ हजार १९४ दशमलब ३८ अंकमा झरेको छ ।
आजको कारोबारमा सबैभन्दा बढी जीवन बिमा समुहको परिशुचक २० दशमलब ५१ अंक र निर्जीवन बीमा२ १४ दशमलब ७२ अंक र होटल ९ दशमलब ९९ अंकले घटेको छ ।
यधपी, उत्पादन मूलक समूहको परिशुचक ४ दशमलब ६६ अंक र बित्त समूहको परिशुचक ४ दशमलब १८ अंकले बढेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार ६६४ कारोबारबाट २९ करोड ६१ लाख ५६ हजार २५२ रुपैयाँ बराबरका १२ लाख ८४ हजार ९४४ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शुन्य दशमलब ०७ अंकले बढेर २५१ दशमलब ६२ अंकमा पुगेको छ ।