काठमाडौँ: बालअधिकार संरक्षणका क्षेत्रमा कार्यरत राष्ट्रिय साझा सञ्जाल (एनसिपिए) को चौथो अधिवेशनले स्वतन्त्र अभियान नेपालका ऋतु भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
कार्यसमितिमा चिल्ड्रेन नेपालका भीमलाल गुरुङ उपाध्यक्ष, सिविसका अनिता पाण्डे महासचिव, बालकल्याण समाजका प्रकाश खतिवडा सचिव र लुनिभा ः संस्थाका ज्ञानभक्त महर्जन कोषाध्यक्षमा चयन भएको छ । अधिवेशनको उद्घाटन शनिबार महिला, बालबालिका तथा ज्येष्ठ नगरिकमन्त्री पार्वत गुरुङले गरेको थियो ।
Facebook Comments Box