काठमाडौँ: यही पुष २१ गतेदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका गृहमन्त्री राम बहादुर थापा बादलको भ्रमण दलमा रहेका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको नाम मन्त्रीपरिषद्धले अस्वीकृत गरेको छ।
उनका सट्टामा प्रहरीकै एक प्रहरी महानिरीक्षक मात्रै जाने कुरा तय भएको, मन्त्रीपरिषद्ध स्रोतले पहिलोक्लिकलाई जानकारी दियो।
गृहमन्त्री रामबहादुर थापासँगै पुस २१ गतेदेखि हुने भनिएको भ्रमणमा केही सातापछि नै अवकाश प्राप्त गर्न लागेका आईजीपीलाई लैजानु राम्रो नहुने भन्दै मन्त्रिपरिषद् बैठकले सो प्रस्ताव अस्वीकार गरेको हो । आइजीपी खनालमा म्याद माघ २७ गते सकिंदै छ।
यता, गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको भ्रमण भने बैठकले अनुमोदन गरेको जानिएको छ।
आईजीपी खनालको स्थानमा प्रहरीका एक प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई पठाउने निर्णय भएको छ। गृहमन्त्रालयले भने मन्त्री थापासँगै आईजीपी खनालको नाम पनि पठाएको थियो।