काठमाडौँ: प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल आफ्नो ३० वर्षे सेवा अवधि पूरा गरेर यही माघ २७ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन्। उनाले आफुले प्रहरीको नेतृत्व सम्हालेपछि गरेका मूख्य मुख्य कार्य प्रगतिको फेहरिस्त सार्वजनिक गरेका छन्।
यस्ता छन् २०७५/०१/०१ देखी २०७६/०९/२५ सम्म उनले गरेका मुख्य कामहरुको प्रगति विवरण।
१. नेपाल प्रहरीको रणनीतिक नीति तथा कार्यक्रम
• तालुक गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्य योजना २०७४ कार्यान्वयन ।
• प्रहरी महानिरीक्षकका सांगठनिक १० बुँदे प्राथमिकता जारी गरी कार्यन्यवन गरेको ।
• अपराध कार्य योजना (CAP)२०७५-७८ लागु गरी अपराध अनुसन्धानको क्षमता विकास ।
• नेपाल प्रहरीको लैङ्गिक नीति, २०७५ जारी गरिएको ।
• नेपाल सरकारको नीति अनुरूप नेपाल प्रहरीको वैदेशिक सहायता नीति, २०७६ लागू गरिएको ।
• सांगठनिक बिस्तार, सेवाहरूको विकेन्द्रीकरण: CIB, Special Bureau, Mobile Forensic Lab, Data Centre, Polygraph, Canine Sectionलगायतको बिस्तार, नयाँ इकाइहरूको स्थापना: AHTB, Cyber Bureau, Regional Training Center मा Public Order Management Cell, Model Police Unit को स्थापना गरिएको।
• केन्द्रीय साईवर ब्यूरो र मानव वेचविखन ब्यूरोको स्थापना भई कार्य आरम्भ समेत भएको ।
२. कार्यकालका प्रमुख उपलब्धिहरू
क) संगठन पुनसंरचना
• संघीय स्वरूप र प्रदेश संरचनाको प्रारूप तयार/ जनशक्ति परिचालन
• २ नं र ५ नं प्रदेशमा नयाँ संरचनाको स्थापना
• १४४६ जना जनशक्ति प्रदेश प्रहरीमा समायोजन
• तदनुरूपको जिम्मेवारी र काम कर्तव्य निर्धारण
• साबिकको अञ्चल प्रहरी कार्यालय-१४ लाई संघीय प्रहरी इकाई कार्यालय-७ मा पुन संरचना गरिएको ।
ख) संगठन विस्तार
• पहिलो चरणमा ३१०१ दरबन्दी स्वीकृत र दोश्रो चरणमा ३५९६ गरी कुल ६६९७ दरवन्दी निकासा भएको ।
• ७५३ वटा नै स्थानीय तहमा नेपाल प्रहरीको संरचना स्थापना,
• मानव बेचबिखन अनुसन्धान ब्यूरो र केन्द्रीय साईबर ब्यूरोको स्थापना र सञ्चालन
• Forensic Lab/ Hospital/ School हरूको सेवा विस्तार
• महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको विस्तार
• अपराध तथ्यांक तथा अभिलेख समायानुकुल बनाउन Data Centre को स्थापना
• आतंकवाद नियन्त्रण तथा सम्पत्ती शुद्धिकरण माथि निगरानी राख्न र समन्वयको लागि प्रहरी प्रधान कार्यालयमा आतंकवाद प्रतिरोध संयन्त्र सचिवालयको स्थापना
ग) अपराधिक गतिविधि नियन्त्रण
• कुल मुद्दा दर्ता: ७१,०६४
• कुल अभियुक्त पक्राउ: ७५,७९५
• अभियुक्त फरार : १३,७६८
• फरारहरूलाई अदालतबाट तोकिएको बिगो र फैसला कार्यन्यवनद्वारा ७३ करोड ७ लाख ३५६ विगो असुल भएको ।
• चालू आ.व. मा जबरजस्ती करणी र उद्योगका घटनामा ९७% अपराधको सफल अनुसन्धान भएको ।
• यस वर्षको महान्यायाधिवक्ता कार्यालयको बार्षिक प्रतिवेदनमा जघन्य अपराधमा अदालतबाट कसुर ठहर भएको प्रतिशत ७२.८ रहेको उल्लेख भएको जुन गत वर्ष भन्दा ४% ले अधिक रहेको ।
घ) मानव बेच–बिखनमा संलग्नमा रहेका पक्राउ
• यस कसुरमा संलग्न ३०८ नेपाली १५ विदेशी पक्राउ,
• आ.व. ०७३।०७४ को तुलनामा आ.व. ०७४।०७५ मा २७.१३% बढि अभियुक्तहरू पक्राउ परेका ।
• काकडभिट्टा नाकाबाट १७९, कुबेतबाट १, रूपन्देही नाकाबाट १३, लिबियाबाट १३, भारत मिजुरामबाट २३ मानव बेचविखनमा परेकाहरूको उद्दार गरिएको ।
• बालयौन दुराचारमा संलग्न ७ जना विदेशी नागरिक पक्राउ ।
• मृगौलाको अवैध तवरबाट प्रत्यारोपण गरेको अभियोगमा हालै मात्र निदान अस्पतालका संलग्नहरूलाई कानुनी दायरामा ल्याईएको ।
ङ) वित्तीय अपराध
• ATM ह्याअक गरी १ करोड २६ लाख २९ हजार ४५ रुपैँयार ९ हजार १०८ डलर लिई फरार हुन खोजेका ५ जना चिनीया र १ जना फ्रान्सेली नागरिक पक्राउ गरी कारवाही गरेको ।
• कृषि बिकास बैंकको System ह्या क गरी ५ अर्ब रुपैँया चोरी गर्ने क्रममा अफ्रिकी मुलका Peter भन्ने व्यक्तिका सहयोगीहरु पक्राउ गरी कानूनी दायरामा ल्याएको ।
• नेपालमा लुकिछिपी रहि चीनमा वित्तीय ठगी तथा चोरी गर्ने १२२ जना चीनिया नागरिकहरु पक्राउ गरिएको ।
च) राजश्व संकलन
• सुन बरामद: १५४.१३२ के.जी., पक्राउ: १७१ जना
• सुन बराबरको राजश्व संकलन: रू. ६७,४७,७४,४९८
• ट्राफिक कारवाहीबाट: १.अर्ब २९ करोड ७४ लाख ३१ हजार छ सय
• भंसार छली १अर्व ४२ करोड छयासी लाख चौविस हजार ३ सय सतसठ्ठी
• नेपाल प्रहरीले फरार अभियुक्तहरुबाट ७३ करोड ७ लाख ३५६ विगो र अन्य राजस्व गरेर ३ अर्व ४१ करोड ८१ लाख ३७ हजार आठ सय एक्काईस राजस्व संकलन गरेको ।
छ) लागू औषध बरामद:
गाँजा १३,८४५ के.जि
चरेश ३०६५ के.जि
हिरोईन/कोकिन १६.६३ के.जि
अफिम ८३.६० के.जि
• लागू औषध ओसार पसार तथा सेवन गर्ने पक्राउ: ८७८०
लागु औषध वरामद दर विगत १५ वर्ष पछिको उच्च रहेको ।
ज) हातहतियार पक्राउ
झ) अपराध नियन्त्रण र अनुसन्धानका लागि अन्तरराष्ट्रिय समझदारी:
• संगठित अपराध, जटिल अन्तर्देशीय अपराध एवं आतङ्कवाद जस्ता अपराधको नियन्त्रणको लागि नेपाल प्रहरी र कतारको Department of Public Securityबीच सुरक्षा सहयोग आदान प्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न ।
ञ) सुरक्षा व्यवस्थापन:
• समग्रमा देशको आन्तरिक सुरक्षाको प्रभावकारी व्यवस्थापन , कानुन र व्यवस्था (Law and Order) कायम।
• अन्तर्राष्ट्रिय कानुन र संविधानद्वारा प्रत्याभुत नागरिक तथा राजनीतिक हक अधिकारको पूर्ण उपभोग गर्ने वातावरण ।
• अन्तर्राष्ट्रिय, क्षेत्रीय आतंकबाद तथा राष्ट्रिय अतिवादीका गतिविधिहरूमा प्रभावकारी नियन्त्रण ।
• अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा छिमेकी मुलुकहरूका सुरक्षा चासोहरूको सम्बन्धमा नेपाल सरकारले अवलम्बन गरेका सुरक्षा र विदेश नीतिहरूको प्रभावकारी कार्यान्वयन ।
• चीनिया राष्ट्र्पति, SAG लगायतका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका महत्वपुर्ण मञ्च र आयोजनाहरूमा प्रभावकारी सुरक्षा व्यवस्था ।
ट) प्रशासनिक काम कारबाही तर्फ
• नयाँ नियुक्ति: ७८३२ जना प्रहरी अधिकृत तथा जवान नियुक्त
• बढुवा: ९,६७१ जनाको बढुवा
• सरुवा तथा पदस्थापन: ३२,८३७ जनाको सरुवा तथा पदस्थापन
ठ) क्षमता अभिवृद्धि:
• नियमित प्रशिक्षण अन्तर्गत ८५,०४० जनाको क्षमता अभिवृद्धि
• २६,५५४ प्र.क.लाई घुम्ती अनु शिक्षण प्रदान
• २० वटा नयाँ पाठ्यक्रम निर्माण
• १२ वटा पुराना पाठ्यक्रम परिमार्जन
ड) प्रहरी पुरस्कार र कारबाही तर्फ:
• कारबाही: ३,४५९
• पुरस्कृत: ८,९११
ढ) स्रोत व्यवस्थापन तर्फ:
• एक प्रहरी चौकी-एक सवारी साधनको नीति अनुरूप ३४० मो.सा वितरण,
• १ प्रहरी १ खाट को नीति लागू गरिएको ।
• सबै प्रदेशमा Water Canon को लक्ष्य अनुरूप ५ water canon खरिद भएको
• १३१ वटा चारपाँग्रे सवारी साधन खरिद तथा वितरण
• सवारी कारकेड मो.सा. ३० थान खरिद।
ण) आर्थिक सुशासन तर्फ:
• आ.व. २०७३/०७४ सम्म कायम कुल बेरुजू ६८,४१,७०,००० को ८५.१४% फर्छ्यौट गरी बेरुजू फर्छ्यौटमा गृह मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा सर्वोकृष्ट स्थान हासिल गर्न सफल भएकोमा नेपाल सरकार मन्त्री स्तरीय निर्णय बमोजिम नेपाल प्रहरी पुरस्कृत ।
• सुशासनमा उत्कृष्टता:अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार नेपाल प्रहरीको सेवा प्रवाहमा ०.१ प्रतिशत सेवाग्राहीले मात्र भ्रष्टाचार हुने गरेको औल्याएको छ ।
• प्रहरीलाई प्रलोभनमा पार्न घुस दिन खोज्ने १५२ वटा घटनामा १६४ जनालाई पक्राउ गरी कानुनी कारबाही गरेको ।
त) उत्कृष्टताको लागि सम्मानित:
• संयुक्त राष्ट्र संघद्वारा पुरस्कृत: संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रम अन्तर्गत “Asia Environmental Enforcement Award 2018” प्राप्त गर्न सफल ।
• ASOCIO 2018 Digital Government Award: सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत जापान स्थित Asian-Oceanian Computing Industry Organization (ASOCIO) द्वारा “ASOCIO 2018 Digital Government Award” प्राप्त ।
• Digital Governance ICT Award 2018: सूचना प्रविधिको प्रभावकारी उपयोगद्वारा नागरिकलाई सहज एवं सुलभ सेवा प्रवाह लागी Living with ICT द्वारा “Digital Governance ICT Award 2018” द्वारा सम्मानित ।
• सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले National ICT Award 2019 (Public Sector) द्वारा नेपाल प्रहरी सम्मानित ।
थ) ट्राफिक प्रोत्साहन भत्ता:
• महानगरीय ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ट्राफिक प्रहरीको मनोबल अभिवृद्धिका लागि प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ मन्त्रिपरिषदबाटपारितभई लागू भएको ।
प) भौतिक पूर्वाधार तर्फ:
• यस वर्षमा नेपाल प्रहरीका लागि कुल २,५६९ रोपनी जग्गा प्राप्त भएको ।
• महानगरीय प्रहरी परिसर काठमाडौंका लागि १५ रोपनी र महानगरीय प्रहरी अपराध महाशाखाका लागि ९ रोपनी जग्गा र सोह्रखुट्टेमा १ रोपनी २ आना २ पैसा जग्गा प्राप्त भई भवनको शिलान्यास समेत भएको ।
• मानव बेच-बिखन अनुसन्धान ब्यूरो तथा केन्द्रीय साईबर ब्यूरो भवन प्राप्त भई कार्यालय संचालनमा आएको ।
• प्रस्तावित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरणका लागि पनौतिमा प्रि–फ्याब ब्यारेक, कार्यालय तथा प्रशिक्षण कक्षा भवन निर्माणको निम्ति रु.३ करोड ९८ लाखको टेन्डर भई सकेको ।
• यस वर्ष ७३० वटा प्रहरी कार्यालयमाशौचालय तथा स्नान गृहको निर्माण भएको ।
• ४० वटा भवन निर्माण सम्पन्न ,९९ वटा निर्माणाधिन ।
• प्र.प्र.का.मा सुविधा सम्पन्न अडिटोरियम हल निर्माणको क्रममा रहेको ।
• यस आ.व मा ७० जिल्ला प्रहरी कार्यालयहरूमा आवश्यक पर्ने सम्पूर्ण संरचना निर्माण हुने ।
३. समुदाय-प्रहरी साझेदारी
• ‘समुदाय–प्रहरी साझेदारी’ अपराध रोकथाम र सामुदायिक सुरक्षा सचेतना अभिवृद्धि गर्नका लागि ल्याइएको नेपाल प्रहरीको प्रमुख रणनीति र अवधारणा मिति २०७५/०७/११ देखी लागु गरिएको ।
• समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहसँग समझदारी भएको, २४,४८४ साझेदारी समितिहरू गठन भएका, ९८ लाख १० हजार ५६७ नागरिक समक्ष प्रत्यक्ष रुपमा कार्यक्रम पुगेको तथा कार्यक्रम अन्तर्गत २,९८६ CCTV जडान भएको ।
४. नीतिगत तथा कानुनी विकासतर्फ
• सूचना प्रविधि सहायता कार्यादेश २०७५
• संघीय प्रहरी इकाइ कार्यालय कार्यादेश २०७५
• केन्द्रीय साइबर ब्यूरो कार्य सञ्चालन कार्यादेश २०७५
• मानव वेचबिखन नियन्त्रण ब्यूरो (स्थापना तथा कार्य सञ्चालन नियमावली) २०७५
• नेपाल प्रहरीको वैदेशिक सहायता नीति २०७५
• नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका परिवारहरू र अवकाश प्राप्त प्रहरी कर्मचारी तथा परिवारहरूको स्वास्थ्य उपचार सम्बन्धी कार्यविधि २०७६
• हात हतियार, गोली गट्ठा तथा असवावका सामानहरूको संख्या निर्धारण तथा व्यवस्थापन योजना सम्बन्धी अध्ययन प्रतिवेदन, २०७६
५. अन्तराष्ट्रिय संघ संस्थाले गरेका अध्ययन प्रतिबेदन
• शान्ति सुरक्षा र कानूनको शासन (Rule of Law) सम्बन्धमा विभिन्न देशहरुको अध्ययन, मुल्याङ्कन गर्ने अन्तरराष्ट्रिय संस्थाहरुले नेपालको शान्ति सुरक्षा र कानूनको शासनको स्थितिमा सुधार भएको प्रतिवेदन प्रकाशित गरेका छन । जस्तै:
• Australia को Sydney मा रहेको Institute for Economics & Peace ले विश्वको कुल जनसंख्याको ९७ % जनसंख्या समेटिने गरि १६३ वटा मुलुकमा गरेको अध्ययनको प्रतिवेदन Global Peace Index 2019 मा नेपाल ७६औं स्थानमा रहेको छ । सन् २०१८ मा नेपाल ८८ औं स्थानमा रहेको थियो । दक्षिण एसियाका मुलुक मध्ये भुटान सबै भन्दा अगाडी, दोस्रोमा श्रीलंका र तेस्रोमा नेपाल रहेको छ ।
• संयुक्त राज्य अमेरिकाको राजधानी वाशिंगटन डि.सीमा रहेको World Justice Project ले विश्वका १२६ मुलुकमा शोध अध्ययन पश्चात जारी गरेको Rule of Law Index 2019 मा नेपाल ५९औं स्थानमा रहेको छ । नेपाल सन् २०१८ मा ६१ औं स्थानमा रहेको थियो । उक्त अध्ययन अनुसार नेपाल श्रीलंका, भारत, बंगलादेश, पाकिस्तान र अफ्गानिस्तान भन्दा माथि रहेको छ ।
• फौजदारी न्याय सम्पादनको अवस्थाको अध्ययनमा पनि नेपाल दक्षिण एसियामा श्रीलंका पछि दोस्रो स्थानमा रहेको छ ।
• Asian Development Bank ले सन् २०१९ मा गरेको अध्ययन अनुसार
• नेपालमा महिला तथा बालबालिका विरुद्ध हुने अपराधहरूको उजुरी नेपाल प्रहरीमा दर्ता हुने दर ३६% ले वृद्धि भएको देखाएको छ ।
• ६४% मानिसहरू निर्धक्क भएर प्रहरी कार्यालयमा जाने भएका छन्
• ६५% सेवाग्राहीहरुले सन्तुष्टि व्यक्त गरेका छन् ।
६. प्रकोप व्यवस्थापन
• प्रकोप व्यवस्थापनको लागि प्रहरी प्रधान कार्यालयबाट आवश्यक पूर्व तयारीका लागि सम्पूर्ण ईकाईहरुलाई आवश्यक निर्देशन र तयारीको लागि निरन्तर रुपमा Facilitate गर्ने कार्य भईरहेको छ ।
• प्रकोप व्यवस्थापनको लागि अन्य सरकारी निकायहरु, स्थानीय तह र सरोकारवालाहरुसँग समेत समन्वयात्मक रुपमा परिचालन हुने रणनीति अवलम्बन गरिएको छ ।
• ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम मार्फत निरन्तर रुपमा सम्भाव्य प्रकोपहरुको बारेमा समुदाय र विद्यालयहरुमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
७. INTERPOL को सहयोगमा फरार अपराधी नेपाल फिर्ता
INTERPOL Exchange of Cooperation बाट नेपालमा अपराध गरी फरार रहेका ६ जना नेपालीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको ।§
मानव बेच-बिखनमा संलग्न रहेका परशुरामगुरुङलाईथाइल्याण्ड, श्याम कुमार लामा, मिना लामालाई कुवैतबाटझिकाएको ।§
हालै मात्र अमेरिकाबाट जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त लिलाराज गौतमलाई नेपाल फिर्ता ल्याईएको ।§
INTERPOL बाट हालै प्रकाशित भएको Journal मा नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै लेख प्रकाशित भएको ।§
हालै चीलीमा सम्पन्न भएको ८८ औ महासभामा समेत INTERPOL का अध्यक्ष, महासचिवले नेपालको प्रशंसा भएको साथ छिमेकी मुलुकका Police Chief हरूसंग समेत भेटघाट भई आपसी सहकार्य गर्ने छलफल भएको ।§
८. विप्लव समूहको गतिविधी
• ने.क.पा. भनिने बिप्लव समूहको गतिविधि नियन्त्रण हुँदै गएको। प्रतिबन्ध पश्चा्त् ११८३ जना पक्राउ परेका, १११९ जना विरुद्ध मुद्दा दर्ता भएको, १३९ जना हाल कारागारमा रहेका, ८३ जना अनुसन्धानको क्रममा रहेकोर हालसम्म ९०९जनाले पार्टी परित्याग गरेका।
• प्रहरीले हाल सम्म L.M.G.-१ M16 – १ S.L.R.-१, S.M.G.-७, 303 Lee Enfield,१ पेस्तोल, २९ भरुवाबन्दुक, १ सहित ४५ थान हातहतियार र १०१६ राउण्ड गोली बरामद ।
• दाङमा केन्द्रीय स्तरका नेता पक्राउ र ठुलो मात्रामा हतियार बरामद, कुमार पौडेलको प्रहरी संगको भिडन्तमा मृत्यु र अत्याधिक कार्यकर्ताले पार्टी छोडे पश्चात सो समूहले रणनीतिक योजना परिवर्तन गरी शान्ति प्रकृयामा आउन बाध्य भएको हुनुपर्ने अवस्था सिर्जना हुँदै ।
• समूहको सांगठनिक संरचनालाई परिवर्तन गरी पार्टीको केन्द्रीय संरचनामा पार्टी महासचिव नेत्र बिक्रम चन्द@बिप्लवको प्रत्यक्ष नियन्त्रणमा रहने ५ सदस्यीय सचिवालय र ३ सदस्यीय केन्द्रीय सल्लाहकार समितिर ३० सदस्यीय केन्द्रीय समिति गठन गरेको। औपचारिक रुपमा सांगठनिक संरचना भित्र उल्लेख नगरिएको भएतापनि पार्टीका उदय चलाउने@दिपक को कमाण्डमा सैन्य ब्यूरो समेत रहेको ।
• वडा कार्यालय लगायत स्थानीय निकायका संरचनाहरुलाई टार्गेट गरिएकोमा हाल आएर सडक किनारमा, सार्वजनिक स्थानहरुमा, पुल कल्भर्टहरुमा बिष्फोरटक पदार्थ (IED) राखि आम जनमानसमा त्रास फैलाउने कार्य तर्फ उक्त समूह लक्षित रहेको ।
• मिति २०७६/०७/२९ गते दाङ जिल्लाको गढवा गाउँपालिका र कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिकाको सिमानामा एस.एम.जी. नाल – ५ (पाँच), एस.एम.जी मा लाग्ने म्याग्जिन थान – १३ (तेह्र) ऐ.मा प्रयोग हुने गोली – ३९० (तीन सय नब्बे) राउण्ड गोली वरामद गरेको ।
• मिति २०७६-०६-३० गते दाङ जिल्लाको राजपुर गा.पा.४ स्थित मरेठा जंगलमा मिटिङ संचालन गर्दै गरेको क्रममा बिप्लव समुहका मध्य पश्चिलम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द@बीरजंग (ने.क.पा. महासचिव नेत्र बिक्रम चन्दका दाई), राप्ती ब्यूरो ईन्चार्ज, जिल्ला समिती सदस्य, युवा संगठनका केन्द्रिय अध्यक्ष तथा ब्यूरो सदस्यहरु समेत गरी कुल २१ जना मानिसहरुलाई हातहतियार, विष्फोयटक पदार्थ, नगद, मोबाईल सेट, पार्टीको राजनैतिक प्रस्ताव, परिपत्र, प्रेस विज्ञप्तित, लेटर प्याड, छाप, राजनैतिक दर्शनका किताब, बैंकका चेक एवं अन्य दस्तावेजहरु सहित नियन्त्रणमा लिएको ।
९. प्रहरीले प्रति दिन गर्ने क्रियाकलापहरू:
• १८,५३० कि.मि. पैदल गस्ती- (७,३५० जना)
• ३१,२०० कि.मि. सवारी गस्ती- (४,४०३ जना)
• ट्राफिक व्यवस्थापनमा- २४९८ जना
• राजश्व संकलन प्रतिदिन सरदर- रु.८२,१९,१७८।- (३ अरब बारसिक)
१०. मुख्य–मुख्य अनुसन्धान
• व्यवस्थापिका संसदमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई निजकै निवासमा जबरजस्ती करणी उद्योग गरेको आरोपमा मिति २०७६ आश्विलन १९ गते निवर्तमान सभामुख कृष्णी बहादुर महरालाई पक्राउ गरी, आवश्यक अनुसन्धान पुरा गरी मिति २०७६ कात्तिक १५ गते राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाण्डौंमा बुझाएको ।
• संविधान सभाको पहिलो निर्वाचनको बेला २०६४ साल चैत्र २७ गते बम बिष्फोिट गराई मानिस मारेको तथा सो बिष्फोनटमा घाईते भएकाहरुलाई बेपत्ता बनाएको आरोपमा सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई २०७६ आश्विान २६ गते पक्राउ गरी सो घटनाको अनुसन्धान पश्चाित् निजलाई कारागार चलान गरिएको ।
• चाडबाडको समय मिलाएर देशभर जुवा तास खेल्ने ४६५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको । उक्त जुवाडेहरुबाट कुल रकम रु.३ करोड ३० लाख समेत बरामद गरिएको । राजधानी काठमाण्डौंको महाराजगञ्जबाट २५ जना जुवाडे पक्राउ परेको र निजहरुको साथबाट रु.२ करोड ६७ लाख बरामद गरिएको । निजहरु बिरुद्ध आवश्य कता परेमा सम्पत्ती शुद्धिकरण मार्फत पनि अनुसन्धान हुने ।
• मिति २०७६ आश्वि्न २८ गते सांसद प्रमोद साहलाई जनकपुर बिमानस्थल स्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको तथा बुद्ध एयरका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा निजलाई नियन्त्रणमा लिई मिति २०७६ कात्तिक १ गते अदालतको आदेशमा रिहा भएको ।
• ललितपुर पुल्चोक स्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको अभियोगमा उक्त अस्पतालका सि.ई.ओ. बिपेन्द्र प्रधान सहित ५ जनालाई पक्राउ गरिएको ।मानव बेच-बिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अवैध मानव अंग प्रत्यारोपण गरेको कसूरमा ५ जना विरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोले मुद्दा चलाएको।
• ५ जना चीनिया, १ फ्रान्सेली संलग्न भई ATM बाट अवैध रुपले पैसा चोरी लग्ने क्रममा र विदेशी नागरिक पिटर भन्ने कालेको नेतृत्वमा विभिन्न नेपाली नागरिकहरुको समेत संलग्नतामा नेपाली बैंक तथा वित्तीय संस्थाहरुबाट Credential Hacking गरी रु. ५ अर्ब ठगी लैजाने क्रममा अभियुक्तहरु पक्राउ गरी नेपाली बैंकीङ क्षेत्रलाई ठूलो घटनाबाट जोगाउन सफल भएको ।
• नेपालमा लुकिछिपि बसी चीनमा वित्तीय ठगी गरेको आरोपमा १२२ जना चीनिया नागरिकहरु पक्राउ परेको ।
• जबरजस्ती करणी र कर्तव्य ज्यान अपराधमा फरार रही संयुक्त राज्य अमेरिकामा लुकी वसेका लिलाराज गौतमलाई INTERPOL मार्फत नेपाल फिर्ता ल्याई कारागार चलान गरिएको ।
• जुवाको खालहरुबाट रु. ३ करोड ३० लाख रकम वरामद गरी दाखिला समेत गरेको । संलग्नहरूलाई आवश्यक कानुनी कारबाही गरिएको ।
११. हाम्रा प्रयासहरु
• Effective Crime Action Plan र Crime Prevention Strategy
• अपराध अनुसन्धानलाई सेवा विशिष्टिकरण गर्ने र अपराध अनुसन्धानमा हाल ५,४३४ जना कार्यरत रहेको जुन कुल कार्यरत जनशक्ति को १२ % पुर्यााउने लक्ष्य रहेको ।
• अनुसन्धान लाई बयानमुखी र सबिति हैन प्रमाणमुखी बनाउन प्रविधिको प्रयोग ।
• Cyber Crime नियन्त्रण तथा अनुसन्धानको लागि केन्द्रीय and Regional layer मा Digital Forensic Lab को स्थापना
• अपराध अनुसन्धानसँगै जोडिने मानवअधिकार हनन एवम् दुरुपयोगका घटनाहरूलाई न्यूनिकरण गर्न प्रहरी अधिकृत तथा जवानहरूलाई सञ्चालन गरिदै आएको मानव अधिकारसंग सम्बन्धित विभिन्न तालिमहरूलाई निरन्तरता दिऐको, हाल सम्म ४५ हजार प्रहरीलाई मानव अधिकार प्रशिक्षण दिइएको ।
• मानवअधिकार सम्बन्धी प्रशिक्षण प्रहरीका हरेक तालिमको अभिन्न अंगको रुपमा रहेको ।
केही उल्लेख्य सफलताहरू
• वैदेशिक रोजगारीका क्रममा हुने अनियमितताका सम्बन्धमा पीडितहरूलाई उजुरी दिन सजिलो होस् भन्ने उदेश्य AHTB Victim Support and Coordination Cell को स्थापना र २४ घण्टा संचालनमा रहेन गरी ४ डिजिटको हटलाईन नम्बर ११७७ संचालनमा रहेको ।
• TIA मा INTERPOL को Mobile Integrated Network Database (MIND) Device लाई थप परिष्कृत गरी Real Time Search सुविधा सहितको Fixed Integrated Network Database (FIND) जडान गर्नको लागि NCB Kathmandu र अध्यागमन विभाग बीचMoU।
• Interpol को Stolen and Lost Travel Document (SLTD) Database जडान भए यता हालसम्म १,९६,७७१ वटा हराएका वा चोरी भएका राहदानीहरूको अभिलेखराखिएको ।
• NCB Kathmandu द्वारा चार वटा महत्वपूर्ण तालिमहरु आयोजना (विभिन्न राष्ट्रका ८१ जना, नेपाल प्रहरी बाट २२ जना र अन्य सरकारी निकायका ३ जना सहित कूल १०६ जनाको क्षमता अभिवृद्धि।
• नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका Public Security Director General Sayd Bin Jassim Al Khulaifiबीच सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न
• निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचन, बुटवल युवा संघका कार्यकर्ता दुर्गा तिवारी हत्याकाण्ड र दावा लामालाई गोली प्रहार गरी
फरार रहेका पक्राउ ,
– मुख्य योजनाकार समिरमान सिंह बस्न्यात चितवनबाट २०७५।०८।१७ गते पक्राउ ।
– लोप्साङ भन्ने सोम तामाङ, रोशन बुढाथोकी र अम्बरबहादुर रानालाई काँकडभिट्टाबाट मिति २०७५।०७।१२ गते पक्राउ ।
• २०६२।११।२३ मा नेपालगञ्जका सुनचाँदी व्यवसायी दिपक हेमकरसहित उनको परिवारका ५ जनाको घाँटी रेटी हत्या ।
• घटनाको मुख्य अभियुक्त किशोरीलाल सोनी नेपाल–भारत सीमा नाका जमुनाहबाट २०७५।०६।१३ गते पक्राउ ।
• महोत्तरी औरही नगरपालिका-१ बस्ने ८ महिनाकी नाबालिकालाई २०७५ भदौ १० गते अपहरण गरी जबरजस्ती करणी तथा हत्या गरी फरार भङगाहा नगरपालिका-६ बस्ने २६ वर्षीय भरत साहलाई मिति २०७५।०७।०३ गते पक्राउ गरिएको ।
• १० वर्षीया बालिकालाई जबरजस्ती करणी तथा हत्यामा संलग्न पोखरा महानगरपालिका-२२ कोदी बस्ने २७ वर्षीय कुसुम पौडेललाई घटनाको २४ घन्टाभित्र मिति २०७५।०६।०९ गते पक्राउ गरिएको ।
• किर्ते कागजात बनाई करीव ७० करोड रुपैयाँ बराबरको ठगी गर्ने मुख्य योजनाकार राजन प्रसाद लम्साल, निरजकुमार मानन्धर, जितबहादुर मगर, कम्पनी रजिष्ट्रारको कार्यालयका सहायक रजिष्ट्रार नारायण प्रसाद पोखरेल, उमेशमान जोशी तथा करारमा कार्यरत २ जना कर्मचारी सहित १२ जना २०७५।०५।२० गते पक्राउ ।
• तत्कालिन किष्ट बैंकका प्रबन्धक संचालक कमल ज्ञवाली, जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभललपमेन्ट बैंकबाट खराब धितोमा १२ करोड ऋण लिई बैंकिङ्ग कसुर गरेको अभियोग ।४ वर्ष जेल र ६ करोड ६५ लाख रुपैंया जरिवाना तोकिएको ।२०७५।०६।१९ गते पक्राउ ।
• भ्रष्टाचार मुद्दामा पुनरावेदन अदालतको २०५७ असोज २१ गतेको फैसलाले १ करोड २३ लाख ५३ हजार ८ सय ८० रुपैयाँ जरीवाना र १ वर्ष कैद ठहर भई फरार रहेका ललितपुर धापाखेल बस्ने ४९ वर्षीय रामकुमार खड्का ललितपुर, धापाखेलबाट २०७५।०७।०८ गते पक्राउ ।
• २०७५/०५/१४ र १५बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (BIMSTEC) को चौथो सम्मेलन सम्पन्न ।
• २०७५/०८/१५ र १६ ASIA PACIFIC SUMMIT 2018 सम्पन्न ।
• Flaw less full proof security management of Heads of State visit in Nepal(Chinese & Bangladesh President)
• २०७५/१२/१५ र १६ NEPAL INVESTMENT SUMMIT 2019
• Asia Police Conference (असोज ७-९) पहिलो सम्मेलन आयोजना भएको ।
• १०४ वटा कार्यालयहरूमा कम्प्युटर नेटवर्क (intranet) विस्तार
• Virtual E-Class, Virtual Meeting with Video Conference को उपयोग ।
• Cyber Security को दृष्टिले सुरक्षित Enterprise Email System बाट Institutional Email को व्यवस्था ।
• Nepal Police Data Center को स्थापना ।
• Nepal Police Mobile App for Intranet Circular and Geo-Attendance निर्माण ।
• Leave Management Information System (Web Based)
• Stolen, Lost and Found Properties Application
• Wanted and Most Wanted Persons Application
• United Nations Office on Drugs and Crime (UNODC) ले गरेको अपराध वर्गीकरण बमोजिम Crime and Criminal Information System मा अद्यावधिक गरिएको ।
• बिदेशबाट चारित्रिक प्रमाणपत्रको लागि Email मार्फत नै दर्ता गर्न सकिने प्रणालीको विकास ।
१४ गतेको उपनिर्वाचन
• ३७ जिल्लाहरू २४७ स्थानमा भएको निर्वाचनमा छिटपुट घटना बाहेक शान्त पूर्वक तवरबाट सम्पन्न भएको । उप-निर्वाचनको सुरक्षा व्यवस्थाका लागि १२,११७ जना प्रहरी खटिएका । मतगणनाको परिणाम आई सकेको ।
• उप-निर्वाचन बिथोल्ने समूहलेमहोत्तरी सर्लाही चितवन धादिङ लम्जुङमा १/१ स्थानमार कास्कीमा ७ गरी ३ स्थानमा विस्फोटन गराएका, सो घटनामा मानवीय क्षति नभएको ।
• कास्की जिल्ला केन्द्रित गतिविधि बढी भएको देखिएको तत पश्चात् डोटी र बैतडीमा समेत गतिविधि भएका ।
• पोखराको बम विस्फोटनमा संलग्न रहेका आधारमा खड्ग राई र विशाल शेरचनलाई मुद्दा चलाइएको । दुवै विप्लव समूहको मजदुर नेता रहेका ।
• यस उप निर्वाचनमा वैद्य समूहले समेत चुनाव बहिष्कार गरौं भन्ने पर्चा सहित भक्तपुर र कोहलपुरमा कार्यक्रम गरेका ।
१३ औँ SAG सम्बन्धि (१५ गते देखी- २५ गते सम्म)
• SAG खेलमा ७ देशका खेलाडी सहभागी रहेका । २६ खेलमा ३२०० जना खेलाडी सहभागी रहेका, सहभागी मित्रराष्ट्रबाट खेलाडी र पदाधिकारीहरू कुल २६२१ जना आएका । खेल काठमाण्डौ, जनकपुर र पोखरामा आयोजना भएको । खेलको सुरक्षा संयोजकको जिम्मेवारी सफलता पूर्वक व्यवस्थापन गरिएको ।
प) आगामी कार्यक्रम
• नयाँ मुलुकी अपराध संहिताको वस्तुनिष्ठ कार्यान्वयनका लागि आवश्यक संयन्त्र पूर्वाधार निर्माण गर्ने ।
• अनुसन्धानलाई प्रमाणमूखी, बैज्ञानिक बनाउन CAP (Crime Action Plan)लाई प्रभावकारी कार्यन्यवन गर्ने ।
• AFIS (Automated Fingerprint Identification System)लाई हाल ३६ वटा इकाईमा लागू गरिएकोमा देशभर लागू लक्ष्य रहेको गर्ने ।
• Forensic Lab expansion,
• DogSchool को विस्तार,
• Cyber Bureau रAnti HumanTrafficking Bureau को क्षमता विकास,
• साईबर ब्यूरोमा Digital Forensic Van प्रदान गरिने,
• हिंसा पीडित महिला बालबालिकालाई सुरक्षा र परामर्शका लागि one step center को स्थापना गर्ने,
• Academic Research / curriculum Development का लागि TU संग MOU गर्ने,
• आर्थिक अनुशासन र आन्तरिक सुपरिवेक्षण प्रणालीमा प्रभावकारिता,
• प्रभावकारी प्रहरी परिचालनद्वारा कानुन र व्यवस्था (Law and Order) कायम,
• सुरक्षा क्षेत्रमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि,
• सांगठनिक व्यवस्थापनमा सूचना प्रविधिको विकास, छिटो सूचना प्रवाहका लागि DIRS ७७ जिल्ला प्रहरी कार्यालयहरूमा विस्तार गरिने