Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अझै न्यूनीकरण हुन सकेको छैन बाल विवाह

    अझै न्यूनीकरण हुन सकेको छैन बाल विवाह

    पहिलोक्लिकपहिलोक्लिकJanuary 22, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    तुलसीपुर: दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका छन् । यी गाउँपालिकामा बाल विवाह गर्नेको सङ्ख्या कम हुन नसकेको भन्दै स्थानीय तहका प्रमुख तथा सरोकार पक्ष निकायले प्रतिबद्धता जनाएका हुन् ।

     

    “गाउँपालिकाले यसअघि पनि बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ”, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भन्नुभयो, “तर पनि अझै न्यूनीकरण हुन सकेको छैन, आगामी दिनमा यस्ता कार्यक्रमलाई थप निरन्तरता दिनेछौँ ।”

     

    बाल विवाहले प्रजनन् स्वास्थ्यमा पनि निकै ठूलो असर पर्ने भन्दै यसको न्यूनीकरण अपरिहार्य रहेको उनको भनाइ थियो । उनका अनुसार अहिले बाल विवाहले पार्ने प्रभावका विषयलाई समेटेर विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम भइरहेको बताए । उनले मन्दिरका पुजारीहरुलाई बाल विवाह गर्न आएमा त्यो विवाह नगरिदिन पनि अनुरोध गरेको र अबको केही समयमा थारु समुदायका अगुवा (गुरुवा) हरुसँग पनि समन्वय गर्ने बताए ।

     

    त्यस्तै दंगीशरण गाउँपालिकाले पनि बाल विवाह न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । “हामी बाल विवाह न्यूनीकरण गर्ने अभियानमा लागिरहेका छौँ”, उनले भने । बाल विवाह न्यूनीकरण गर्न सामाजिकरूपमा निकै चुनौती भए पनि त्यसलाई जसरी पनि पार गर्नुपर्ने उनले बताए । अहिले बाल विवाहले सामाजिकरूपमा मात्रै नभई स्वास्थ्यका हिसाबले पनि निकै असर गरिरहेको उनको भनाइ थियो ।

     

    अहिले बाल विवाह हुने गरेको भए पनि लिखित निवेदन नआउँदा बाल विवाह न्यूनीकरणमा चुनौती देखिएको इलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख जीवनविक्रम शाहले बताए । “हामीले जाहेरी आएपछि बाल विवाह रोक्ने प्रयास गरिरहेका हुन्छौँ”, उनले भने, “तर जाहेरी नै नआउँदा पनि बाल विवाहले प्रश्रय पाइरहेको हुन्छ ।”

     

    बाल विवाहले घरेलु हिंसा र सम्बन्ध विच्छेदका घटना भइरहेकाले गाउँगाउँमा सचेतना प्रदान गर्दै आएको इलाका प्रहरी कार्यालय खिलतपुरका निमित्त प्रमुख देवराज ओलीले बताए ।

     

    यसैक्रममा समाजमा वातावरणीय शिक्षाको विकास (सीड) र जिरी नेपालको सहकार्यमा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्ष निकायलाई ज्ञापनपत्र बुझाइएको छ । दाङको दंगीशरण र शान्तिनगरमा बाल विवाह बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, इलाका प्रहरी कार्यालय हेकुली र इलाका प्रहरी कार्यालय खिलतपुरलाई ज्ञापनपत्र बुझाइएको सीडका कार्यक्रम संयोजक माधवराज चौधरीले बताए । “यी दुई गाउँपालिकामा अझै पनि बाल विवाह हुने गरेका छन्”, उनले भने, “त्यसैले न्यूनीकरण गर्न ध्यानाकर्षण गराएका हौँ ।”

    Facebook Comments Box

    बाल विवाह
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.