काठमाडौँ: माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबारबाट आइपीओ खुला गरेको छ । स्थानीयबासीले यो आइपीओ भदौ १४ गतेसम्म भर्न सक्ने आयोजनले जनाएको छ ।
यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटल हो ।
स्थानीय बासिन्दालाई १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । आयोजना प्रभावित दोलखाका स्थानीयलाई १० प्रतिशत सेयर छुट्याएको छ ।
स्थानीयलाई सेयर बिक्री गरिपछि सर्वसाधारणमा खुला गर्ने आयोजनाको कार्ययोजना रहेको छ । यस आइपीओमा काठमाडौंबाट पनि आवेदन दिन मिल्नेछ । विदेशबाट समेत भर्न सकिने व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।
दोलखाका स्थानीयलाई पनि ३ वर्गमा वर्गीकरण गरिएको छ । जिल्लाको लामाबगर र गौरिशंकार गाँउपालिकालाई ‘क’, ट्रान्समिसन लाइन भएको क्षेत्रलाई ‘ख’ र बाँकीलाई ‘ग’ वर्गमा विभाजन गरिएको हो । सोही अनुसार आवेदन दिन पाइने संख्या निर्धारण गरिएको छ ।