काठमाडौँ :प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाइबाट नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय आज पनि हुन सकेन ।
संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले सहमति जुटाउनका लागि थप छलफल गर्नुपर्ने भएकाले शुक्रबार बिहान १० बजे बस्नेगरी बैठक स्थगित गरिएको जानकारी दिए ।
बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो । बैठकमा प्रमुख विपक्षी कांग्रेसले ‘संघीय कानुन बनेको छैन, अनुमोदन नगर्ने हो भने हामी मान्दैनौं’ भनेपछि सहमतिका लागि बैठक स्थगित भएको हो ।
समितिले १० गते नै सुनुवाई गरेको थियो । त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय लिन सकेन ।