Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » क्रसर उद्योगले टेरेनन् निर्देशन

    क्रसर उद्योगले टेरेनन् निर्देशन

    पहिलोक्लिकपहिलोक्लिकJanuary 29, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    बनेपा: जिल्ला समन्वय समितिको नेतृत्वमा प्रहरी प्रशासनले बन्द गर्न निर्देशन दिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरिरहेको धनेश्वर क्रसर उद्योगले अटेर गरी उद्योग सञ्चालन गरिरहेको छ । पनौती नगरपालिका–५ नैकिनटारस्थित बनेपा पनौती सडक र पुण्यमाता खोलासँगै जोडिएको शेषनारायण सुवालले सञ्चालन गरेको क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन हुँदै आएको छ ।

    जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसी नेतृत्वमा प्रजिअ श्रवणकुमार तिमिल्सिना, प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिकुमार पौडेल र सशस्त्र प्रहरीसहितको उपस्थितिमा गत पुस २२ गते गरिएको अनुगमनका क्रममा सो उद्योग मापदण्ड विपरीत सञ्चालन गरिरहेको भन्दै अनुगमन गरेको मितिले तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको थियो तर निर्देशन दिएको एक÷दुई दिन बन्द रहेको सो उद्योग अहिले सञ्चालन गरिरेहको छ ।

    बस्ती नजीकै र मुख्य सडक र खोलासँगै जोडिएको सो उद्योग बन्द गर्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले नगरपालिकालाई पटक÷पटक ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको बताउनुभयो । स्थानीय बासिन्दा विनोद खत्रीले भन्नुभयो, “नगरपालिकालाई उद्योगले पु¥याएको समस्याका बारेमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि कुनै चासो देखाएको छैन ।” क्रसर उद्योगले ध्वनि प्रदूषण गर्नाका साथै वातावरण प्रदूषण र सडकमा आवतजावत गर्नेहरुलाई धुलोले असर गरेको भए पनि कार्वाही गर्ने निकाय मौन बसिदिँदा सास्ती खेप्नुपरेको खत्रीले गुनासो गर्नुभयो । सो भेगका बासिन्दाले क्रसर उद्योगबाट नैकिनटार, श्रीखण्डपुर, चौकोट, तथा पुण्यमाता खोला क्षेत्रमा बसोबास गर्ने मानिसहरुलगायत पनौती बनेपा सडक प्रयोग गर्ने उपभोक्ताहरुसमेतको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेर सञ्चालनमा रहेकाले उक्त कारखाना त्यस क्षेत्रबाट हटाई छिटो समस्या समाधानका लागि पहल गर्न अनुरोध गर्दै मङ्सिर २ गते निवेदन दिएको थियो ।

    क्रसर उद्योग सञ्चालक शेषनारायण सुवालले भने करोडौँ लगानी गरेर सञ्चालन गरेको क्रसर उद्योग बन्द गर्न नसकिने र सार्नका लागि पनि अहिले नै सम्भव नहुने बताउँदै आएका छन् । “जिल्लामा सञ्चालित धेरै उद्योगहरु मापदण्डभित्रमा छैनन्, कि त सरकारले ठाउँ दिनुप¥यो होइन भने चलिरहेको उद्योग बन्द गरेर बस्न सकिँदैन”, सुवालले भन्नुभयो ।

    उहाँले २०५२ सालदेखि सो उद्योग सञ्चालन गर्दै आइरहेको छ । सो विषयमा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले क्रसर उद्योगले वातावरण र मानव स्वास्थ्यमा असर गरेको भन्दै स्थानीय बासिन्दाले उजुरी गरेको उल्लेख गर्दै त्यस विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गरेर आवश्यक कार्वाही गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । समन्वय समितिको नेतृत्वमा सो उद्योगलाई स्थानान्तरणका लागि छिटो व्यवस्थापन गर्न निर्देशन भइरहेको छ । उहाँले भन्नुभयो, “सो उद्योग मापदण्डअनुसार नभएकाले त्यहाँबाट हटाउनै पर्छ, त्यसका लागि हामीले आवश्यक निर्देशन दिइरहेका छौँ, यदि दिएको निर्देशनअनुसार सार्ने काम गरेन भने हामी एक्शन लिन्छौँ ।”

    क्रसर व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष भरत घिमिरेले उद्योग बन्द गरेर कसैलाई फाइदा नहुने बताउनुभयो । आफूहरुले सरकारलाई कर तिरेर उद्योग सञ्चालन गरिहेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि जिल्ला समन्वय समितिसँग छलफल भइरहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरीप्रमुख रविकुमार पौडेलले भने सार्नलाई समय दिएकाले चलेको हुन सक्ने बताउनुभयो । यदि अटेर गरी चलाइरहेको रहेछ भने बन्द गर्नका लागि आफूहरुले दबाब दिने पौडेलको भनाइ छ ।

    जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले अनुगमनपछि बन्द गर्न दिएको निर्देशनपश्चात् पनि मेशिन सार्नका लागि भनेर अर्को पत्रसमेत पठाउने निर्णय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अनुगमनका क्रममा भएको माल पेल्न र सामान बिक्री गरेपछि अरू नपेल्न निर्देशन दिएका थियौँ, फेरि मेशिन फुकाल्नका लागि अर्को चिट्ठीसमेत पठाइसकेको छ ।” सडक र करिडोरको बीचमा रहेको उद्योग मापदण्डभित्र नपरेका कारण दर्ता भएको उद्योग बन्द गर्नुभन्दा पनि स्थानान्तरण गर्न सञ्चालकलाई निर्देशन दिएको केसीले बताउनुभयो ।

    यसअघि पनि वाग्मती प्रदेश कार्यालबाट फागुन मसान्तभित्रमा सञ्चालन भइरहेका ढुङ्गा खानी तथा क्रसर उद्योगहरु तीन महिनाभित्रमा सार्न समयसीमा दिएको भए पनि व्यवसायीहरु प्रतिनिधि मण्डलमा गएपछि उनीहरुकै अनुरोधमा असार मसान्तसम्मको समयसीमा दिएकामा त्यस बखत पनि अटेर गरी उद्योग सञ्चालन गर्दै आएको जिल्ला समन्वय समितिले जनाएको छ । “दिएको समयमा पनि कार्यान्वयन नगरेपछि हामीले पछिल्लो समयमा अनुगमन गरेर अर्को निर्देशन दिएका हौँ”, समन्वय प्रमुख केसीले भन्नुभयो, “अनुगमनको प्रतिवेदन पनि तयार गरिसकेको हुनाले त्यस्ता उद्योगलाई के गर्ने भन्ने विषयमा प्रदेशको निर्देशन आएपछि थप प्रक्रिया अगाडि बढाउँछौँ ।”

    यसअघि गरिएको अनुगमनका क्रममा जिल्लाको नमोबुद्ध नगरपालिका–४ स्थित पशुपति रोडा–ढुङ्गा उद्योगले नजीकै रहेको निजी जग्गामा दर्ता नगरी २०६१ देखि सञ्चलित खानी, ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले २०६५ देखि रोशी गाउँपालिका–७ मा बिनादर्ता खानी सञ्चालन, नमोबुद्ध नगरपालिका–६ मा रहेको ब्लुसाइमन रोडा–ढुङ्गा उद्योग प्रालिले २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी सञ्चालन गर्दै आएको पाइएको अनुगमन समितिले जनाएको छ । समितिले ती उद्योगहरुलाई जिल्ला समन्वय समितिमा कागजात ल्याउन निर्देशन दिएको भए पनि अधिकांश उद्योगहरुले निर्देशन पालना नगरेको पाइएको छ । जिल्लामा करीब दुई दर्जन ढुङगा खानी तथा क्रसर उद्योग सञ्चालनमा छन् ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.