Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नेकपा केन्द्रीय कमिटी बैठकमा सरकारको चर्काे आलोचना

    नेकपा केन्द्रीय कमिटी बैठकमा सरकारको चर्काे आलोचना

    पहिलोक्लिकपहिलोक्लिकFebruary 2, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं : नेकपा केन्द्रीय कमिटी बैठकमा सरकारको चर्काे आलोचना भएको छ। झन्डै दुईतिहाइसहित नेतृत्व गर्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेकामा शनिबार बोल्ने नेताहरूले असन्तुष्टि जनाएका हुन्।

    उनीहरूले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको संगठन र विधान संशोधन प्रस्तावबारे समूहगत छलफलको निष्कर्ष सुनाएका थिए। ‘सरकारको समीक्षा गर्न पार्टी दस्तावेज डराएको छ। जति दिल खोलेर आउनुपथ्र्यो, आएन। सरकारको कामलाई हामीले समूहमा दिल खोलेर छलफल गर्‍यौं। सरकारले जनताको मन छुने काम गर्न सकेन भन्ने निष्कर्ष निकाल्यौं’, समूह ४ का टोली नेता जगन्नाथ खतिवडाले भने, ‘यो हाम्रो सरकार हो कि होइन, शंका लाग्न थाल्यो भनेर साथीहरूले गुनासो गर्नुभएको छ।’

    प्रधानमन्त्री केपी ओलीले दुई वर्षमा असाधारण उपलब्धि हासिल गरेको अन्तर्राष्ट्रिय मानक (सूचकांक)लाई बैठक उद्घाटनमा प्रस्तुत गरेकामा पनि नेताहरूले आलोचना गरे। ओलीले २०७४ फागुन ३ मा सरकारको नेतृत्व सम्हालेका थिए। ‘अन्तर्राष्ट्रिय इन्डेक्समा सरकारको कामलाई ननापौं, जनताको मन–मनको इन्डेक्समा नापौं। जनता खुसी भए बाहिरी इन्डेक्स तल–माथि भए पनि हाम्रो कम्युनिस्ट सरकार निरन्तर चलिरहन्छ’, खतिवडाले भने, ‘जनता रुष्ट भए भने बाहिरी इन्डेक्सले हाम्रो यो धरहराजस्तो सरकारलाई छेक्न सक्दैन।’

    उनले पार्टीको संस्थागत निर्णयबिनै सरकारले गर्ने निर्णयको स्वामित्व पछाडि थपडी बजाएर पार्टी नेताले लिन नसक्ने बताए। ‘सरकारले गरेको ठीक कामलाई ठीक भन्छौं, भन्नुपर्छ’, उनले भने, ‘तर, सरकार एक्लै निर्णय गर्दै जाने र पछाडि बसेर हामीले थपडी मार्दै जानुपर्छ भन्ने यो व्यक्तिसुहाउँदो रहेनछ भन्ने अनुभव हाम्रो समूहका साथीहरूले राख्नुभएको छ।’

    समूह ५ का नेता ठाकुर गैरेले सरकारको कामबाट पार्टीपंक्ति र जनता उत्साहित हुन नसकेको बताए। ‘सरकारको कमजोर डेलिभरी छ। यसले जनता र पार्टीपंक्तिलाई अपेक्षित उत्साहित बनाउन सकेन’, उनले आफ्नो समूहका एक नेताको भनाइ उद्धृत गर्दै भने, ‘मन्त्री र सांसदकै बीचमा नोकर र मालिकजस्तो सम्बन्ध छ। सांसद, मन्त्री र जनताको बीचको सम्बन्ध टाढा पुगेको छ। फोन नउठाउने, भेट्न नपाउने, छलफल–बहस नहुने, समस्या राख्नै नपाइने अवस्थाको सरकारबाट जनताले अपेक्षित डेलिभरी पाउन सकेका छैनन्।’

    केन्द्र, प्रदेश र स्थानीय तहसम्मै नेकपाको सरकार रहेका बेला पार्टीसँग समन्वय संयन्त्र निर्माण गर्न नसक्दा प्रतिफल दिन चुकेको उनको भनाइ थियो। उनले संसदीय दल निकम्मा मात्रै बनिरहेको आरोप लगाए। ‘पार्टी संसदीय दल पूर्वएमाले र पूर्वमाओवादीका नाममा भिन्न–भिन्न लेबी बुझाउने, कार्यालय पनि छुट्टै चलिरहेको छ। दलको कार्यालय केवल निर्देशन सुन्ने थलोका रूपमा मात्र छ’, उनले भने, ‘छलफल र निर्णय गर्ने केन्द्रका रूपमा पार्टीको दल छैन।’

    समूह ३ का नेता खिमलाल भट्टराईले पार्टी र सरकारबीचको सम्बन्ध कमजोर रहेको बताए। ‘पार्टीको निर्णयमा उम्मेदवार हुने, निर्वाचित हुने तर जनप्रतिनिधि भएपछि पार्टी बिर्सिने समस्या हामीमा देखिएको छ’, उनले भने, ‘जनप्रतिनिधिलाई पार्टी कमिटीबाट सरसल्लाह, सहयोग र निर्देशन गर्ने कुरामा तदारुकता देखिएको छैन। जसका कारण तीनवटै तहका सरकारले प्रभावकारी काम देखाउन सकेका छैनन्।’

    समूह १२ की टोली नेतृ रेणु दाहालले सरकार लगामबिनाको घोडा बनेको बताइन्। ‘केन्द्रदेखि स्थानीय तहसम्मै पार्टी एकातिर र सरकार अर्काेतिर जस्तो अवस्था देखापरेको छ’, उनले भनिन्, ‘पार्टी र सरकारको काममा तालमेल नमिलेको अनुभूति भएको छ।’ पार्टीले सरकारलाई कमान्ड गर्नुपर्नेमा त्यसो नहँुदा समस्या रहेको उनले बताइन्। ‘तीनै तहमा पार्टीले सरकार सञ्चालन संयन्त्र निर्माण गर्नुपर्ने हाम्रो समूहको सुझाव छ’, उनले भनिन्।

    उनले संवैधानिक निकायमा नियुक्ति गर्न सरकार चुकिरहेको बताइन्। थुप्रै राजनीतिक नियुक्ति गर्ने ठाउँ रिक्त हुँदा पनि सरकार अलमलिरहेको उनको भनाइ थियो। ‘संवैधानिक आयोगमा नियुक्तिको काम भएको छैन। सरकार गठनपछि थुप्रै ठाउँ रिक्त छन्’, उनले भनिन्, ‘त्यसमा पार्टी र सरकारले सक्रिय ढंगले पहल गरेर पूरा गर्नुपर्‍यो। पार्टीले मापदण्ड बनाएर नियुक्ति गरियोस्।’

    गैरेले पार्टीको अहिलेकै चालढालले समृद्धि र समाजवाद कसरी ल्याउन सकिन्छ भन्ने प्रश्न उठेको बताए। ‘समृद्धि र समाजवादको ग्यारेन्टी राजनीतिक दलले गर्ने हो। हाम्रो नेतृत्व, हाम्रो परिचालनको व्यवस्था, तीन तहको सरकार, जनप्रतिनिधिले जनतालाई आश्वस्त बनाउन सक्ने÷नसक्ने भन्ने कुराले समृद्धि र समाजवादको कुरा हुन्छ’, उनले भने, ‘पार्टीमा रहेको विद्यमान विचार, राजनीतिक अवस्थाले समृद्धि र समाजवादको ग्योरन्टी गर्न सक्छ ? ’

    खतिवडाले पार्टीभित्र ‘कुमारभन्दा गणेशलाई मान्ने’ कुरा बढेको, व्यक्तिपूजा हुन थालेको बताए। यसले पार्टी र सरकार आन्तरिक रूपमा शिथिल बन्न लागेको उनको भनाइ थियो। ‘सरकारले गरेका राम्रा कामको दिल खोलेर प्रचार नगरेको अभिव्यक्ति प्रधानमन्त्रीले बेला–बेला दिइहनुभएको छ। कार्यकर्ता नेकपाको विकल्प खोजिरहेका छैनन्। बरु पार्टीभित्र सन्तोष र खुसी खोजिरहेका छन्’, खतिवडाले भने, ‘त्यसकै अभावमा आज कार्यकर्ताले उत्साहका साथ सरकारको कामको प्रचार गर्न नसकेका हुन् कि ? ’ यो समाचार अन्नपुर्ण पोष्टमा रहेको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.