Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सुधार हुँदै प्यूठान अस्पताल

    सुधार हुँदै प्यूठान अस्पताल

    पहिलोक्लिकपहिलोक्लिकFebruary 2, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    झिमरुक: प्यूठान अस्पतालले लामो समयसम्म चिकित्सक नहुँदा आलोचना खेप्यो । करीब छ महिनासम्म बिरामीको उपचारमा समस्या प¥यो । सरकारीमा भन्दा निजी क्लनिकमा जाँच गराउनुपर्ने बाध्यता रह्यो ।

    पछिल्लो समय अस्पताल सुधारोन्मुख छ । प्रदेश नं ५ सरकारमार्फत पाँच चिकित्सक पठाएपछि अस्पतालले स्वास्थ्य सेवामा नयाँ गति दिएको छ । प्रयोगशाला र आकस्मिक सेवाका २४सैँ घण्टा सुचारु भएको छ । लेखा प्रमुख नहुँदा रोकिएका कामसमेत डेढ महिनादेखि पदपूर्ति भएको छ । अस्पतालले लेखा अधिकृत पाएसंगै औषधि खरीद र चिकित्सक तथा स्वास्थ्यका कर्मचारीलाई तलब प्रदान गर्ने वातावरण समेत सिर्जना भएको छ ।

    सेवालाई गुणस्तरीयसँगै अस्पतालको भौतिक संरचना, सेवा विस्तार र सेवा प्रवाहका सम्बन्धमा सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल विकास समिति अध्यक्ष केशवराज आचार्य र प्रदेश नं ५ प्रदेशसभा सदस्य हरिप्रसाद रिजाल पहलमा कार्यक्रम सम्पन्न भएको थियो ।

    विसं २०४५ मा १५ श्ययाबाट सेवा सुरुआत गरेको सो अस्पताल विसं २०७३ मा ५० श्ययामा वृद्धि गरिएको थियो । तर स्वीकृत पाएको चार वर्ष बित्दासमेत ती श्ययाको सेवा सञ्चालनमा आएको छैन । भौतिक संरचना नभएका कारण श्यया बनाउन नसकिएको जनाइएको छ । श्यया थप गर्न ३५ रोपनी जग्गा आवश्यक पर्ने र हाल अस्पतालको ३१ रोपनी मात्र जग्गा छ ।

    अस्पताललाई जग्गा सहयोग गर्न यस क्षेत्रका स्थानीयवासीले जागरुपता देखाएका छन् । स्थानीय आनन्दकुमार श्रेष्ठले जग्गाका कारणले नरोकी आवश्यक सरसल्लाहका साथ अगाडि बढ्न अन्तक्र्रियामा अस्पताल समितिलाई आग्रह गरे ।

    अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव छ । ५४ जनाको दरबन्दी रहेको अस्पतालमा ३१ मात्र चिकित्सक अस्पतालमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट अमृत पन्थीले जानकारी दिए । रोगअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा सेवामा गुणस्तरीयता दिन नसकिएको उनले बताए ।

    अस्पतालमा स्वास्थ्य बीमाको ४३ प्रकारका औषधि, २४सैँ घण्टा ल्याव, एक्सरे सेवा सञ्चालन, प्रसूति प्रोत्साहन तथा यातायात खर्च नियमित उपलब्ध गराएको, नवजात शिशुलाई न्यानो झोला वितरण, फिजियोथेरापी सेवा शुरु, खाद्यान्न, आमा सुरक्षा कार्यक्रमका लागि औषधि तथा औषधिजन्य सामग्री खरीद प्रक्रिया अगाडि बढाइएको निमित्त प्रमुख डा पन्थीले जानकारी दिए ।

    प्रदेशसभा सदस्य रिजालले प्यूठान अस्पतालमा आएका चिकित्सक टिकाउँदा अस्पताल सुधार गर्न सकिने बताए । अस्पतालमा जिल्लासँगै छिमेकी जिल्ला रोल्पा, अर्घाखाँचीका बिरामीसमेत उपचारका लागि आउने गर्दछन् ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.