Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 12
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै विद्यार्थी

    लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै विद्यार्थी

    पहिलोक्लिकपहिलोक्लिकFebruary 2, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    पोखरा: विद्यालयका विद्यार्थी लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै छन् भन्दा अनौठो लाग्न सक्छ । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत स्याङ्जाको राङ्भाङ र आसपासका विद्यार्थी यतिखेर लाटोकोसेरोका विविध पक्ष सुनेका मात्रै छैनन्, ती विषयलाई बुझेर कथा, निबन्ध आदिमा उतारेका पनि छन् ।

    लाटोकोसेरोको संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीसहित मिलेनियम ट्रेक व्यवस्थापन समिति र राङ्भाङ युवा क्लबको सक्रियतामा यही माघ २४ र २५ गते स्याङ्जाको राङभाङ–भैंसेगौंडामा गर्न लागिएको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६’ का अवसरमा यो चराका कथा व्यथा सुनाइएको हो । शिविरमा सुनेका विषयलाई आफ्ना रचनामा उतार्दै कथा, कविता, निबन्ध एवम् चित्रकला प्रतियोगितामा आफूलाई विजयी बनाउन यतिखेर विद्यार्थीलाई भ्याइनभ्याइ छ ।

    किसानको साथी भनेर चिनिने लाटाकोसेरो संरक्षणको अभावमा हराउँदै गएको वास्तविकतामा त्यसबारे जनचेतता जगाउने उद्देश्यका साथ उत्सवका साथै यसै अवसरमा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका र विरुवा गाउँपालिकाका विभिन्न वडामा सञ्चालित विद्यालयमा लाटोकोसेरो संरक्षण शिविर सञ्चालन गर्दै यसले पर्यावरणमा पारेको प्रभावलगायतका विषयमा जानकारी गराइएको छ ।

    लोपोन्मुख प्रजातिमा पर्ने यो चराका विश्वमा २२५ प्रजाति रहेका छन् भने नेपालमा २३ प्रजाति पाइन्छ । वर्षेनी बढ्दै गएको वन विनासका साथै वातावरण प्रदूषण र चोरी निकासीका कारण यो चरा सङ्कटमा पर्दै गएको छ । नेपालमा सन् २००८ बाट संस्थागतरूपमा नै संरक्षणका लागि पहल भइरहेको जानकारी दिँदै आचार्यले यो चराको संरक्षणका लागि नेपाल सरकारसमेतले कार्ययोजना तयार गर्न लागेको बताए ।

    लोपोन्मुख प्रजातिको यस चराको संरक्षणका लागि जनचेतना अभिवृद्धि अपरिहार्य भएको कुरालाई दृष्टिगत गर्दै विगत नौ वर्षयता देशा विभिन्न स्थानमा वर्षेनी लाटोकोसेरोे उत्सव सञ्चालन गर्दै आइएको उनले जानकारी दिए । लाटाकोसेरोको संरक्षणमा विद्यार्थीको विशेष भूमिका हुने अवस्थालाई दृष्टिगत गर्दै यस क्षेत्रका एक हजार ४१० जना विद्यार्थीलाई यसको संरक्षण एवम् पर्यावरण लगायतका विषयमा प्रशिक्षण दिइएको उनले जानकारी दिए । “समाजमा विद्यार्थीका माध्यमबाट उनीहरूका अभिभावकसमेतसँग यसको संरक्षणको आवश्यकताबारे जानकारी होस् भन्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको हो,” उनले भने ।

    लाटोकोसेरोले विशेषतः खेतबारीमा रहेका मुसा खाने गर्दछ । एक जोडी लाटोकोसेरोले फुल पारेर बच्चा कोरल्दासम्म तीन हजार वटासम्म मुसा खाने अध्ययनले देखाएको छ । आचार्यका अनुसार कृषकलाई मुसाबाट बाली जोगाउन विशेष सहयोग गर्ने भएकाले यसलाई किसानको साथीका रूपमा लिने गरिएको हो ।

    पछिल्ला वर्षमा नेपाल आउनेमध्ये लगभग आठ प्रतिशत विदेशी पर्यटक लाटोकोसेरोेसहितका चरा हेर्न आउने भएकाले यिनीहरूको संरक्षण चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । उत्सवले मध्यपहाडी क्षेत्रको तनहँुको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किमि दुरीको मिलेनियम ट्रेकमा विद्यमान चरा पर्यटनको सम्भावनालाई उजागर गर्ने विश्वास लिइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।

    यस पदमार्ग क्षेत्रमा पाँच प्रजातिका लाटाकोसेरो पाइने जानकारी दिँदै उहाँले यहाँ नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर पनि ठाउँ ठाउँमा देख्न सकिने बताए । “उत्सवको पूर्वसन्ध्यामा यस क्षेत्रका ३५ वटा विद्यालयमा लाटोकोसेरो संरक्षण शिविर सञ्चालन गरी विद्यार्थीलाई लाटोकोसेरोको कथा, व्यथा सुनाइएको छ,” उनले भने, “शिविरले यस क्षेत्रमा चराको संरक्षणका लागि विशेष योगदान पुग्ने विश्वास लिएका छौँ ।” उत्सवमा लाटोकोसेरो र यसको महत्वलगायतका विषयमा जीवन्त प्रस्तुति रहने मूल आयोजक समितिका संयोजक बालकुमार गुरुङले जानकारी दिए ।

    त्यस्तै विद्यालयस्तरीय लाटाकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिता आदि गरिनेछ । प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचना, चित्र, तथा फोटा प्रदर्शनीका साथै गहँुको छ्वाली, चुरा, ढुङगा, स्टीलको पाता, लप्सीको दाना तथा माटो आदिबाट बनाइएका लाटोकोसेरोका नमूनाका साथै सो चराको एक फिट अग्लो रोबोट प्रदर्शनी गरिनेछ । गुरुङका अनुसार प्रदर्शनी स्थलमा आठ प्रजातिको लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था मिलाइने छ । लाटोकोसेरो संरक्षणसम्बन्धी नाच, लाटोकोसेरोको नमूना एवम् अनुसन्धनात्मक सामग्री प्रदर्शनीमा राखिने छ ।

    लाटाकोसेरो सम्बन्धमा सचेतना अभिवृद्धिका लागि सञ्चालित शिविर एवम् विद्यालयस्तरीय कथा, कविता, निबन्ध, चित्रकलालगायतका प्रतियोगिताले यसको संरक्षणमा विशेष टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ । “शिविर सञ्चालनसँगै लाटोकोसेरोका कथा सुन्ने र बुझ्ने विद्यार्थीका लागि राखिएको प्रतियोगिताका कारण उनीहरू यस सम्बन्धमा अझै गहन चिन्तन र मनन गर्नेछन्,” उनले भने । विद्यार्थीमार्फत सुनाइने लाटोकोसेरोका कथाले समाजमा संरक्षणका लागि महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.