काठमाडौं : अर्थसचिव तथा नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य डा राजन खनाललाई आज विदाई गरिँदैछ ।
अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका अर्थ सचिव खनालले आगामी २२ गतेबाट अवकाश पाउने भएपछि आजै बैंकले विदा गर्न लागेको हो ।
अवकाश पाउन २ दिन बाँकी नै रहे पनि राष्ट्र बैंकले भने आज सोमबार नै बिदाइको तयारी गरेको छ ।
सञ्चालक समितिको बोर्ड बैठक आज बसेर उनलाई २ दिन अगाडि नै विदा गर्ने तयारीमा बैंक रहेको एक कर्मचारीले बताएका छन ।
राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुने व्यवस्था छ भने अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार खनाल राष्ट्र बैंकको सञ्चालक थिए ।