काठमाडौँ: नेपाली सेनाको भर्खरै निर्माण सम्पन्न भएको त्रिचन्द्र अस्पताल शुक्रबारबाट औपचारिक रुपमा संचालनमा आउने भएको छ ।
नेपाली सेनाका सहप्रवक्ता महासेनानी बिजय थापाका अनुसार अस्पताल भोलि प्रधानसेनापति राजेन्द्र क्षेत्रीबाट औपचारिक उद्दघाटन हुनेछ।
“हालका लागि अस्पताल आंशिक रुपमा मात्रै संचालनमा आउने छ जसमा पहिलो चरणमा बिरेन्द्र सैनिक अस्पतालमा अवस्थित ‘डेण्टल विभाग’ को स्थानान्तरण मात्रै हुन लागेको हो,” थापाले भने।
सेनाका अनुसार अस्पताल पूर्ण रुपमा संचालनमा आउन भने अझै केहि समय लाग्नेछ।
केहि समयअघि मात्रै सेनाले उक्त अस्पताल निर्माण गर्ने क्रममा उक्त भवनको माथिल्लो तल्ल व्यापारिक प्रयोजनका लागि भन्दै निजी कम्पनी दिन लागिएको बिषयमा विवाद भएको थियो ।
सो भवनको अस्पताल बाहेकका अन्य प्रयोजन निजी कम्पनीलाई दिन भदै टेन्डर आवहान समेत गरेको थियो । यसबारे सेनालाई सोध्दा कुनै जानकारी आउन सकेन।