Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 13
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » थपिदै छन् हरेक वर्ष तीन हजार नयाँ कुष्ठरोगी

    थपिदै छन् हरेक वर्ष तीन हजार नयाँ कुष्ठरोगी

    पहिलोक्लिकपहिलोक्लिकFebruary 7, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    ललितपुर: कुष्ठरोगले अपाङ्गता भएका सङ्ख्या नेपालमा हालसम्म करीब ३० हजार रहेको एक अध्ययनले देखाएको छ । कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले संयुक्तरूपमा हालै सार्वजनिक गरेको अध्ययनमा सो औँल्याइएको हो ।

     

    कुष्ठरोगको औषधि सेवन गरी निको हुने बिरामीको सङ्ख्या झण्डै एक लाख ९५ हजार र हरेक वर्ष तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम पनि निरन्तर रहेको अध्ययनमा जनाइएको छ ।

     

    तीन वर्षको अवधिमा प्रति एक लाख जनसङ्ख्यामा नयाँ बिरामीको चाप प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा बढी रहेको देखिन्छ । प्रदेश नं २ मा आर्थिक वर्ष २०७३÷७४ मा १८ दशमलव ७९ , २०७४÷७५ मा १९ दशमलव ७७ प्रतिशत र २०७५÷७६ मा झन् बढेर २४ दशवलव २८ पुगेको देखिन्छ ।

     

    यसैगरी सुदूरपश्चिम प्रदेशमा आव २०७३÷७४ मा आठ दशमलव १५ प्रतिशत, २०७४÷७५ मा सात दशमलव ५१ प्रतिशत र २०७५÷७६ मा नौ दशमलव २८ प्रतिशत पुगेको छ । अस्पतालमा उपचार गराएका कुष्ठरोगीको सङ्ख्या हालसम्म २१ हजार ३३९ पुगेको छ । सन् २०१८ मा अस्पतालमा नयाँ बिरामी १५०, औषधि खाने ३७२, मिसनले विशेष उपचारका लागि सिफारिश गरेका सङ्ख्या ६९, पुनः अङ्ग फेर्ने वा हटाउने चिरफार गरिएको ११३ तथा सामान्य चिरफार गरिएको दुई हजार १२४ र अस्पतालमा भर्ना भई उपचार गराएको सङ्ख्या ८६५ रहेको अस्पतालले जनाएको छ ।

     

    तीन वर्षको उपचारमा रहेका बिरामीको चापमा प्रदेश नं २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा बढी रहेको देखिन्छ । प्रदेश २ मा आव २०७३÷७४ र २०७४÷७५ मा ३४ र २०७५÷७६ मा ४० प्रतिशत पुगेको अध्ययनले देखाएको छ । वाग्मती प्रदेशमा आव २०७३÷७४ र २०७४÷७५ मा छ प्रतिशत र २०७५÷७६ मा १० प्रतिशत रोगी सङ्ख्या बृद्धि भएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा आव २०७३÷७४ र २०७४÷७५ मा आठ र २०७५÷७६ मा बढेर १० प्रतिशत पुगेको जनाइएको छ ।

     

    चिकित्सकका अनुसार सो रोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्ने गर्दछ । खासगरी छाला र नशामा असर गर्ने गरेको कुष्ठरोग विशेषज्ञ डा महेश शाहले बताए । उनले भने “यस रोगले छालामा असर गर्दा शरीर नचिलाउने, हातखुट्टाका आँैला कमजोर हुने र खुम्चँदै गएर अन्त्यमा अङ्गभङ्ग हुने, आँखीभौँ झरेर जाने, हातखुट्टा लगातार झमझम गर्ने, छुँदा थाहा नहुने तर दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखापर्नुका साथै नाशामा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने र विस्तारै यो रोगले मांसपेशी कमजोर बनाइदिन्छ ।”

     

    कुष्ठरोग निकै कम सरुवा रोग भए पनि रोग सरेको दुईदेखि पाँच वर्षभित्रमा लक्षण देखा पर्न थाल्छन् । कुष्रोगलाई चिह्न र लक्षणका आधारमा दुई भागमा बाँडिने गरिन्छ । बढी किटाणु भएको रोगलाई एमबी र कम किटाणु भएको रोगलाई पिबी कुष्ठरोग भनिन्छ । यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले छ महिना नियमित औषधि सेवन गर्नुपर्छ । बहुऔषधिको एक मात्राले नै ९९ प्रतिशत किटाणु निश्क्रिय बनाइदिने चिकित्सक शाहले जानकारी दिए ।

    कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार गत आव २०७५÷७६ मा पत्ता लागेका नयाँ बिरामीको सङ्ख्या तीन हजार २८२ रहेको थियो । हालसम्म १७ जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन ।

    Facebook Comments Box

    थपिदै कुष्ठरोगी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.