Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नदीजन्य पदार्थ अभाव हुँदा विकास प्रभावित

    नदीजन्य पदार्थ अभाव हुँदा विकास प्रभावित

    पहिलोक्लिकपहिलोक्लिकFebruary 7, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    बाँके: जिल्लामा सानादेखि ठूला पूर्वाधारका काम अघि बढिरहेका छन् । त्यसका लागि ढुङ्गा, गिट्टी, बालुवाजस्ता सामग्री नै महत्वपूर्ण हुन् । चालु आर्थिक वर्षको सात महिना बित्न लाग्दा पनि नदीजन्य पदार्थको सबैभन्दा ठूलो स्रोत बाँकेको राप्ती नदीमा नदीजन्य पदार्थको ठेक्का लाग्न नसक्दा विकासका काम प्रभावित भएका छन् ।

     

    राप्तीसोनारी गाउँपालिकाले यसअघि तीनपटक नदीजन्य पदार्थका लागि ठेक्का आह्वान गरिसकेको छ । राप्तीसोनारीले चालु आवका लागि पहिलोपटक २०७६ भदौ १०, दोस्रोपटक कात्तिक ९ गते र तेस्रोपटक पुस २१ गते नदीजन्य पदार्थको बोलपत्र आह्वान गरेको थियो । तर, हालसम्म बोलपत्र स्वीकृत हुन नसक्दा विकासका काम प्रभावित भएका छन् ।

     

    पहिलोपटक बोलपत्र हाल्ने दुवै व्यवसायीको रकम समान भएपछि बोलपत्र रद्द गरेको थियो । दोस्रोपटक तीन बोलपत्र परेकामा पुस ६ गतेको गाउँपालिकाको निर्णय र कानूनी सल्लाहकारको राय भन्दै रद्द गरेको थियो भने तेस्रोपटकको सात दिने म्याद राखेर बोलपत्र आह्वान गरिएकामा कसैले पनि बोलपत्र नभरेपछि गाउँपालिकाले चौथोपटक सूचना निकाल्ने निर्णय गरेको छ ।

     

    नदीजन्य पदार्थको ठेक्का नलाग्दा बाँकेमा भइरहेका विकास निर्माणका काम प्रभावित भएका छन् । निर्माण व्यवसायी सङ्घ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले भने, “हामीले पटकपटक गाउँपालिकासँग बोलपत्र प्रक्रिया छिटो टुङ्ग्ययाउन आग्रह गरेका छौँ । प्रशासनमा पनि गुनासो लिएर गयौँ, तर अझै सुनुवाइ भएको छैन ।”

     

    पटकपटक सूचना निकाल्दा पनि बोलपत्र खुल्न नसकेकोप्रति उनले गुनासो गरे । “पहिलोपटक नै बोलपत्र रकम बराबर हुँदा दुवै ठेकेदारलाई बराबर ठेक्का दिन हामीले गाउँपालिकासँग आग्रह गरेका थियौँ, तर बेवास्ता गरियो । निर्माण व्यवसायीहरुको दैनिक गुनासो आउँछ, ठेक्का खोल्ने जिम्मेवार निकायले अझै ठेक्का लगाउन सकेको छैन ।”

     

    विकास निर्माणको काम हुने याम भनेको मङ्सिरदेखि जेठसम्म हो । त्यसपछि वर्खा लाग्छ । “अब ठेक्का खुले पनि धेरै ढिलो भइसकेको छ”, अध्यक्ष खड्का भन्छन, “बाँकेमा नदीजन्य पदार्थको भरमा रहेका निर्माण व्यवसायीले यस वर्ष समयमै सक्ने अवस्था छैन, जिल्लामै निर्माण सामग्री प्राप्त हुन्छ भन्ने आधारमा लागत अनुगमन गरिएको हुन्छ ।”

     

    अन्य जिल्लाबाट निर्माण सामग्री ल्याएर काम गर्न सक्ने अवस्था नरहेको उनले बताए । “जिल्लामै खपत हुने भन्दै अन्य जिल्लाले निर्माण सामग्री किनेर ल्याउन दिँदैनन्”, उनले भने, “त्यसको मार निर्माण व्यवसायीलाई पर्छ ।” काम गरेन भनेर ठेकेदारको आलोचना गरिरहँदा आफूहरुलाई सहजरुपमा निर्माण सामग्री प्राप्त नभएको उनको भनाइ छ ।

    निर्माण सामग्री उपलब्ध हुने सुनिश्चितता राज्यले गर्नुपर्ने उनको भनाइ छ । “हामीले त त्यसको मूल्य तिर्ने हो”, अध्यक्ष खड्का भन्छन । नदीजन्य पदार्थको ठेक्काको प्रक्रिया नटुङ्गिँदा अवैध उत्खनन र चोरी निकासी मौलाएको छ । निर्माण सामग्री अभाव हुँदा चोरी, निकासी गर्ने र स्टक गर्नेहरुले मूल्य बढाएर बिक्री गर्दा त्यसको मार भने निर्माण व्यवसायीले थेग्नुपरेको छ ।

     

    नदीजन्य पदार्थको ठेक्का नहुँदा चोरी, निकासी मौलाउने गरेको छ । विगतमा पटकपटक नदीजन्य पदार्थ चोरी गरेर ल्याएको प्रहरीले फेला पारेको छ । “काम गर्नैप¥यो, चोरी निकासी गरेर ल्याएको नदीजन्य पदार्थ किन्न बाध्य छौ”, एक जना निर्माण व्यवसायीले भने, “ठेक्का नखुल्नु प्राकृतिक सम्पत्तिको अवैध दोहन गरी कमाउन हुनसक्छ ।”

     

    गत वर्ष वातावरणीय प्रभाव मूल्याङ्कनका कारणले फागुनबाट मात्रै नदीजन्य पदार्थको ठेक्का सम्झौता भई निकासा शुरु भएको थियो । यस वर्ष पनि मङ्सिर बितेपछि मात्रै नदीजन्य पदार्थको ठेक्का प्रक्रिया पूरा हुने सम्भावना छ । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमार खत्री चौथोपटक सूचना निकाल्ने तयारी भइरहेको जानकारी दिए ।

     

    उनले भने, “तेस्रोपटक बोलपत्र नै नपरेपछि चौथोपटक बोलपत्र आह्वान गर्ने निर्णय भइसकेको छ, अब छिट्टै प्रक्रिया शुरु हुन्छ”, उनले भने । राप्तीसोनारी गाउँपालिकाले यस वर्ष चार खोलाको नदीजन्य पदार्थका लागि बोलपत्र आह्वान गर्दैछ । पालिकाले आगामी २०७७ जेठसम्म ठेक्का कायम रहने गरी बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

     

    गाउँपालिकाले रु ८८ लाख ३८ हजार ७०१ घनफिट नदीजन्य पदार्थका लागि रु.पाँच करोड ७४ लाख ५१ हजार बराबरको बोलपत्र आह्वान गरिनेछ । जसमा राप्ती नदीबाट २३ लाख ७३ हजार ८१४ घनफिट, मुगुवा खोलाबाट २३ लाख ४१ हजार १८० घनफिट, झिझरी खोलाबाट १८ लाख ८ हजार ४५६ घनफिट, खैरी खोलाबाट २३ लाख १५ हजार २५० घटफिट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, सङ्कलन र बिक्री वितरणका लागि बोलपत्र आह्वान गरेको हो ।

     

    बाँकेको डुडुवा गाउँपालिकाले पनि नदीजन्य पदार्थको ठेक्का लगाउँदै आएको छ । डुडुवामा ठेक्का आह्वान गरेर सम्झौता भइसकेको छ । तर, डुडुवाले बाँके जिल्लाको माग थेग्न सक्ने अवस्था छैन । डुडुवाले पाँच वटा नदीको २३ लाख ८१ हजार ४०० घटफिट नदीजन्य पदार्थ निकासीका लागि ठेक्का आह्वान गरेको थियो । डुडुवाले ढुङ्गाबाहेक गिट्टी, मोरङ र बालुवाका लागि बोलपत्र आह्वान गरेको थियो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.