Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 12
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान

    सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान

    पहिलोक्लिकपहिलोक्लिकFebruary 7, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: ललितपुर सुनाकोठीकी समता महर्जन दैनिक सार्वजनिक यातायातबाट ओहोरदोहोर गर्छिन ।

     

    कलेज जाँदा र कार्यालय जाँदा सार्वजनिक यातायातमा तोकिएको भाडादरभन्दा बढी भाडा तिर्नुपरेको उनको अनुभव छ । सरकारले न्यूनतम भाडादर रु १४ तोकेको भए पनि उनी त्योभन्दा कम दूरी यात्रा गर्दा रु १५ तिर्ने गरेकी छिन ।

     

    सहचालकलाई ‘किन बढी भाडा लिएको’ भनेर सोध्दा भाडा तिर्न नसके किन बस चढेको भन्दै विवाद गर्ने गरेको उनले बताईन । सहचालकसँग विवाद हुँदा उनी कति पटक त आधा बाटोमा नै झरेकी छिन । सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उनलाई ‘भनेको नमान्ने भए झर्नु’ भनेका थिए । केही समय विवादपछि उनी ढोलाहिटीमा झरेर अर्काे बसमा चढेर घर गईन । उनले भनिन “विवाद हुँदा पनि कतिपय यात्रु आफैँ उनीहरुसँग किन विवाद गर्नु भन्दै बेवास्ता गर्छन् ।”

     

    सुरज कार्की बिहान कलेज पढ्ने र दिउँसो सहकारीमा काम गर्छन । दैनिक चार÷पाँच वटासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा कहिले भाडाका निहुँमा, त कहिले झर्ने ठाउँ र सिटका विषयमा चालक तथा सहचालकसँग विवाद गर्नुपर्दा उनी हैरान छन् । सरकारले विद्यार्थीका लागि दिएको छुट सार्वजनिक यातायातले दिन चाहँदैनन् । रु २५ भाडा तोकिएको ठाउँमा सहचालकले ‘यति रुपैयाँ त दिएकै छ नि’ भन्दै १५ लिने गरेको उनको अनुभव छ । विद्यार्थीलाई छुटको समस्या लामो दूरीको सवारीसाधनमा अझै बढी पाइन्छ । उनले भने, “उपत्यकामा तोकिएको ४५ प्रतिशतभन्दा कम छुट दिन्छन् भने उपत्यका बाहिर त्यही पनि दिन चाहँदैनन् ।”

     

    सार्वजनिक सवारीसाधनले तोकिएभन्दा बढी भाडा लिने, यात्रुसँग राम्रो व्यवहार नगर्ने, क्षमताभन्दा कैयौँगुणा बढी यात्रु लिएर हिँड्ने गर्दा यात्रु हैरान छन् । अधिकांश सवारीसाधनले अहिले सवारीसाधनमा देखिने ठाउँमा भाडादर राखेको पाइँदैन । आरक्षण सिटको कार्यान्वयन पनि प्रभावकारीरुपमा नभएको यात्रु बताउँछन् ।

     

    भक्तपुरकी ७१ वर्षीय ईश्वरप्रसाद नेपाल आफूले ज्येष्ठ नागरिक सिट पाउन विवाद गर्नु परिरहेको अनुभव सुनाउछन् । कतिपय यात्रु आफैँले बुझेर यहाँ बस्नुहोस् भन्छन् भने पनि कतिपयले चुप लागेर बस्ने गर्छन् । सवारीसाधनका कर्मचारी आरक्षण सिटको कार्यान्वयन भए नभएकामा वास्ता नगर्ने उनको अनुभव छ । आरक्षण सिटमा बसिरहेका युवालाई उनी आफैं उठाएर बस्छन । मध्यम र लामो दूरीका सवारीसाधनमा ज्येष्ठ नागरिकले कति पनि छुट नपाएको उनको गुनासो छ । उनले भने, “काठमाडौँबाट भक्तपुरसम्म छुट पाइन्छ तर बनेपा, धुलिखेल पुग्दा नै दिन गाह्रो मान्छन् ।”

     

    यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । काठमाडौँ उपत्यकाका अधिकांश यात्रुले दैनिक यी र यस्तै समस्या भोग्ने गरेका छन् । सार्वजनिक यातायातमा रहेका अधिकांश समस्या चालक–सहचालकसँगै जोडिएका छन् । चालक–सहचालकले राम्रो व्यवहार नगरेकै कारण कतिपयले थोरै आम्दानी भए पनि बाध्यताले निजी सवारीसाधन चढ्नु परेको बताउँछन् । कतिपय यात्रु भने सहचालकसँग सामान्य प्रश्न गर्दा पनि झर्किएर बोल्ने, झर्नुहोस भन्ने र हात हाल्न खोज्ने भएकाले आफैँलाई वा अरूलाई अन्याय पर्दा चुपचाप लाग्ने गरेका छन् ।

     

    चालक–सहचालकको व्यवहार सुधार गर्न सरकार र यातायात व्यवसायी दुवैले ध्यान दिनुपर्ने यातायात क्षेत्रका अभियानकर्मी राम थापाले बताए । यातायात व्यवसायीले नाफाका केही हिस्सा आफ्ना कर्मचारीको तालीमका लागि छुट्याउनुपर्ने उनको सुझाव छ । सार्वजनिक यातायातमा चालक–सहचालकले यात्रुलाई सम्मान नगर्ने र सानो कुरामा पनि झगडा गर्दा यात्रु सहज वातावरणमा आवतजावत गर्न नपाएको उनले बताए । उनले भने, “यो कारणले पनि यात्रु र चालक–सहचालकबीच झगडा दैनिक भइरहेको छ ।”

     

    यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल विभागले नियमितरुपमा सार्वजनिक सवारीसाधनको नियमन गरिरहेको बताए । यात्रुले गरिरहेको गुनासोका आधारमा र विभाग आफैँले अनुगमन गरेर गल्ती पाएमा कारवाही गरिरहेको उनको भनाइ छ । उनले भने, “हामीले उपत्यका बाहिर जान नसकिए पनि काठमाडौँ उपत्यकामा नियमितरुपमा अनुगमन र आवश्यक पर्दा कारवाही गरिरहेका छौँ ।”

     

    चालक अनुमतिपत्र सामान्य सडक नियमका बारेमा लिखित परीक्षा र सवारी चलाउने जानेर ‘ट्रायल’ पास गरेपछि चालकलाई दिइन्छ । सवारीचालक अनुमतिपत्र परीक्षाले व्यावहारिक ज्ञानलाई समेटेको छैन । सहचालक बन्नका लागि भने कुनै पनि मापदण्ड वा परिचयपत्रको समेत आवश्यकता नपर्ने उनले बताए ।

     

    पहिले यातायात व्यवस्थापनको जिम्मेवारी नेपाल सरकारको मात्रै भए पनि संविधानले यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार र स्थानीय तहलाई समेत दिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारी चालकलाई सवारी चलाउनेबाहेक यात्रुसँग व्यवहारसम्बन्धी तालीमको व्यवस्था गरेको छैन । सङ्घीय सरकारले अहिले यातायात व्यवस्थासम्बन्धी विधेयक मन्त्रालयमा छलफल भइरहेको छ । पाँच वर्षको उपत्यकाको सवारी व्यवस्थापनका लागि काठमाडौँ उपत्यका यातायात प्राधिकरण विधेयक संसदीय समितिमा छलफलमा रहेको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.