Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » दुर्घटनापछि उजाडिएको जिन्दगी

    दुर्घटनापछि उजाडिएको जिन्दगी

    पहिलोक्लिकपहिलोक्लिकFebruary 7, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    डोटी: श्रीमान जागिरे, आफू स्नातकोत्तर पढ्दै, काखमा छोरी, डडेल्धुरा जिल्लाको सदरमुकाममा बसाइ । खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि देख्नुभएको थिएन अमरगढी नगरपालिका–४ कि कल्पना विष्टले तर अहिले उनीसँग त्यस्तो सुखी र खुशी परिवार छैन । सबै खोसियो । आफैँ पनि अर्काको सहाराबिना बाँच्न सक्ने अवस्थामा छैनन् ।

     

    उनी घाइते मन र शरीर लिएर बाचेकी छिन । भन्छिन – त्यो खुशी आज यो पीडामा बदलिएको छ । तर बाँच्नुबाहेकको अर्काे विकल्प पनि छैन । विसं २०७१ असोज २० गते डोटीको जोरायल गाउँपालिका, २ (तत्कालीन छतिवन गाविस वडा ५) कट्पत्तेमा भएको बस दुर्घटनामा कल्पनाले श्रीमान् र छोरी गुमाईन र आफू पनि कहिल्यै निको नहुने गरी घाइते भईन ।

     

    दुर्घटना हुनुभन्दा तीन वर्षअघि मात्र सँगसँगै खुशीसाथ जीउने वाचासहित डडेल्धुराका लक्ष्मण ठकुराठीसँग विवाह गरेकी कल्पनासँग अहिलेसँगै जिउने कल्पना मात्र छ । भन्छिन – सँगै जिउनेसँगै मर्ने वाचा थियो, तर न जिउन नै पाएँ र नत सँगै मर्न नै । उनी अहिले काभ्रेको ‘स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र’ मा छिन ।

     

    माइतीघर जोरायल गाउँपालिकामा आमाबुबाका हातबाट दशैँको टीका थापेर सपरिवार घर फर्किरहेका बेला भएको उक्त बस दुर्घटनाले अनायास कल्पनाको जीवनमा यो विछोड ल्याइदियो । उनको जीवन क्षणभरमै उजाड बनाइदियो ।

     

    मेरुदण्डमा चोट लागेपछि पक्षाघात भएकी २९ वर्षीया कल्पनाले श्रीमान् र छोरीको घाइते शरीर पनि हेर्न पाईनन । दुर्घटनामा घाइते भइसकेपछि कल्पनाले जीउने आश पनि मारिसकेकी थिईन तर अहिले सामान्य रुपमा हिँडडुल गर्न सक्छिन । त्यसो त चिकित्सकको आश्वासनले उनी पहिलेजस्तै हिँड्डुल गर्नसक्ने आशमा थिईन । “तत्कालै सात महिनासम्म भारत लखनउको सिमरा अस्पतालमा उपचार गराएपछि डाक्टरले अब घरमा गएर थेरापी गर्नु, विस्तारै ठीक भइहाल्छ भनेर फिर्ता पठाएका थिए”, कल्पना भन्छिन । “तर घरमा बस्दा कुनै सुधार नभएपछि फेरि उपचारका लागि नयाँ दिल्ली गएँ र त्यहाँ पनि एक महिना बसेँ, तर निको भएन”, कल्पना बताउछिन ।

     

    एक महिनासम्म विभिन्न अस्पतालमा जाँच गराउँदा मात्र कल्पनालाई थाहा भयो कि अब उनी कहिल्यै हिँड्न सक्ने छैन । मेरुदण्डको पक्षाघातको उपचार सम्भव नभएको कुरा उनलाई नयाँ दिल्लीमा केही समयको उपचारपछि थाहा भयो ।

     

    भारतको नयाँ दिल्लीबाट फर्केपछि उपचारका लागि कल्पना काभ्रे जानुभयो । दिसा पिसाब भएको पनि जानकारी नहुने गरी तल्लो शरीर पूर्णरुपमा निस्कृय भएकी कल्पनालाई पुनःस्थापना केन्द्रमा मेरुदण्ड पक्षघात भएकाले कसरी जिउने भन्ने कला सिकाइयो । अहिले उनी त्यही पुनःस्थापना केन्द्रमा परामर्शदाताका रुपमा काम गरिरहेको छ ।

     

    आफ्नो विगत सम्झिन त म लाग्दैन तर भक्कानिँदै कल्पना भन्छिन , “यो अवस्था होला भन्ने सोचेकी थिइन, हासीखुशी जीवन बित्ला भन्ने कत्रो आशा थियो तर अहिले आएर यसरी अर्काको सहारामा बाच्नुपर्ने भयो ।” परिवार गुमाएकी कल्पनाले तर हिम्मत भने हारेकी छैन । भन्छिन , “मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नुपर्छ, जे भयो त्यसैलाई सधैँभरि सम्झेरमात्र के गर्नु ?”

     

    कल्पनाको जस्तै कष्टप्रद जीवन जिएको छ ३५ वर्षीया कृष्णा शाहीले पनि । कैलालीको तेघरीमा बस्दै आएकी कृष्णाको परिवार पनि दशैँ मनाउन जिल्लाको जोरायल गाउँपालिकामा जाँदै थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैँ मनाउन आएका उनी र श्रीमानलाई पनि यही दुर्घटनाले कहिल्यै मिलन नहुने गरी बिछोड गरायो ।

     

    कृष्णाका श्रीमान राजेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भयो । कृष्णा पनि कल्पनाजस्तै मेरुदण्ड पक्षाघात भएर बाँचिरहेकी छिन । “यस्तो घटना होला भन्ने सोचेका पनि थिएनौँ”, कृष्णाका भतिज शेरबहादुर शाही भन्छन, “काकाहरुको जीवन हाँसीखुशी बितेको थियो तर दैवले एका एक उजाड गरिदियो ।”

     

    मेरुदण्ड पक्षाघात भएर दिसा पिसाब भएकोसमेत थाह नपाउने कृष्णालाई अहिले उनका नाबालक छोराछोरी र भतिजा बुहारीले बाँच्ने सहारा दिइरहेका छन् । विसं २०७१ असोज महिनामा विजयादशमीको भोलिपल्ट ना ३ ख ५७०७ नम्बरको सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी स्थानीय २९ ले अकालमै ज्यान गुमाएका थिए भने ६८ घाइते भएका थिए ।

     

    बसमा १२५ भन्दा बढी यात्रु रहेको प्रहरीको भनाइ छ । यात्रुहरु बढी भएर बसको पत्ता टुटेपछि दुर्घटना भएको बताइएको थियो । त्यस दुर्घटनाग्रस्त बसका चालक विष्णु साहु अहिले कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

     

    जिल्लामा वर्षेनी दशैँ तथा तिहारको समयमा ठूला दुर्घटना हुने गरेका छन् । चाडबाडको समयमा बढीजसो दुर्घटना हुने भएकाले यहाँको प्रहरी प्रशासनले सवारी अनुगमनमा कडाइ गर्दै आए पनि चालकको लापर्वाही भने भइरहन्छ ।

     

    क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटनाको जोखिम बढ्न थालेको दिपायलका स्थानीय समाजसेवी घनश्याम पाठकले बताए । उनले भने, “चाडपर्वकै बेलामा जिल्लाका ठूला सवारी दुर्घटना हुन्छन, प्रहरी पनि यसैबेला बढी सक्रिय हुन्छन् तर पनि दुर्घटना भने रोकिँदैन ।”

     

    चाडपर्वमा भएका सवारी दुर्घटनामा मात्र जिल्लामा १०० भन्दा बढीले अकालमै ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलको तथ्याङ्क छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामी गाउँका सडकमा ट्राफिक प्रहरी नहुने तथा चालकले सवारीमा आफूखुशी क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण वर्षेनी दुर्घटना हुने गरेको बताउछन् ।

     

    उनले भने “हाम्रो जनशक्ति ग्रामीण सडकमा छैन, चालकले मनपरि गर्ने गरेका कारण दुर्घटना बढ्ने गरेको हो ।”

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.