Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 5
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिनेछ- प्रधानमन्त्री ओली

    मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिनेछ- प्रधानमन्त्री ओली

    पहिलोक्लिकपहिलोक्लिकFebruary 7, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित देश भए पनि मुलुक जलमार्गसँग जोडिने र चाँडै नै यहाँका ठूला नदीहरुमा राष्ट्रिय ध्वजावाहक जहाज चल्ने उल्लेख गर्नुभयो ।

     

    मोटरबोट जीवनको रमाइलोका लागि मात्र नभई पर्यटन विकासको आधारसमेत भएको प्रधानमन्त्रीको भनाइ थियो ।

     

    मुलुकको आर्थिक समृद्धिका लागि भारत र चीनसँगको सम्पर्क सञ्जाल महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी भारतसँग ‘मल्टिमोडल कनेक्टिभिटी’ र चीनसँग सीमापार बहुआयामिक विकासको सञ्जालमा जोडिन चाहन्छौैँ ।” प्रधानमन्त्री ओलीले जोडिन लागेको रेल्वे लाइनले हाम्रो छिमेकीसँग जोड्ने मात्र नभई नेपालको यातायात र ढुवानीको व्यवस्थामा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

     

    चाँडै नै भैरहवा र पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने जानकारी दिँदै उहाँले यसबाट हवाई सञ्जालमा ‘गेम चेन्जर’ बन्ने बताउनुभयो । सीमापार प्रशारण लाइनलाई नेपालले प्राथमिकता दिएको प्रधानमन्त्रीको भनाइ थियो ।

     

    राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने प्रतिबद्धताअनुसार काम भइरहेको उहाँले बताउनुभयो । भेरी डाइभर्सन परियोजनामा प्रविधियुक्त उच्चस्तरीय सुरुङमार्ग निर्माण हुनु मुलुकको सामथ्र्यको राम्रो परीक्षण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पनि छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

     

    प्रधानमन्त्री ओलीले विश्व परिवेशमा आफ्नो कुरा व्यक्त गर्ने मञ्चका रुपमा नेपालले चैतमा ‘सगरमाथा संवाद’ राखेको र पहिलो सगरमाथा संवादले समसामयिक मुद्दामा बहस गर्न पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संवादले जलवायु परिवर्तनको असर न्यून गर्न विश्वभरका राजनीतिक नेतृत्व, नीतिनिर्माता, रणनीति निर्माणकर्ता, बौद्धिक वर्ग, सञ्चारकर्मी र अभियन्तालाई एकै थलोमा जम्मा गर्नेछ ।”

     

    उहाँले विगतमा भएका विभिन्न देशको उच्चस्तरीय भ्रमणहरुले ती देशसँगको सम्बन्ध विस्तार गर्दै बहुपक्षीय क्षेत्रमा सहकार्यको वातावरण निर्माण गरेको दाबी गर्नुभयो । “हाम्रो देश ज्ञान र आइडियाको धनी छ, प्राकृतिक र सांस्कृतिक स्रोतको पनि धनी छ, विकासका लागि सम्भावनाको प्रचुरता छ, सरकार देशको आवश्यकतानुसार ऊर्जामयी साझेदारीको अवधारणाअनुसार अघि बढिरहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

     

    नेपाल भ्रमण वर्ष २०२० ले पर्यटन क्षेत्रलाई बढावा दिने र पर्यटकको सङ्ख्या बढाउने मात्र नभई पर्यटन क्षेत्रको दायरा फराकिलो पार्दै भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने उहाँले बताउनुभयो । ‘ब्रेन गेन’ सेन्टरमार्फत विदेशमा रहेका गैरआवासीय नेपालीको ज्ञान र सीप नेपालको सामाजिक आर्थिक विकासमा प्रयोग गर्न परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेको भन्दै उहाँले सरकारले ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा परिवर्तन गर्न महत्वाकाङ्क्षी योजना अघि सारेको बताउनुभयो ।

     

    नेपालले अन्तर्राष्ट्रिय ऋण बहन गर्न सक्ने अवस्थामा नरहेकाले सहकार्यात्मक ढङ्गले अघि बढ्ने प्रधानमन्त्री ओलीको धारणा थियो । प्रधानमन्त्री ओलीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा अघि सारेको उल्लेख गर्दै समृद्ध समाज भनेको सभ्य र सकारात्मक सोचमार्फत सद्भावपूर्ण र सहअस्तित्वको सुसंस्कृति समाज निर्माण गर्नु हो भन्नुभयो । “विगतमा हाम्रो ध्यान परिणाम र सेवा दिने विषयमा केन्द्रित रह्यो, आर्थिक नीति उत्प्रेरित गर्ने खालको बनाएका छौँ, विगत तीन वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिदर रह्यो, राष्ट्रिय आयको बढ्दो स्तरले पूँजी परिचालनको आधार खडा गरेको छ”, प्रधानमन्त्रीले थप्नुभयो ।

     

    भूकम्पपछिको निजी आवास, सम्पदा क्षेत्रको पुनःनिर्माण कार्य गहन तरिकाले अघि बढेको उहाँले बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्न आफू सधैँ तत्पर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले १७५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेर राष्ट्रिय प्रतिबद्धताको मूल्यलाई बढाएको दाबी गर्नुभयो ।

    Facebook Comments Box

    छिट्टै जलमार्गबाट विश्वसँग जोडिनेछ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.