Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 13
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग

    पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग

    पहिलोक्लिकपहिलोक्लिकFebruary 10, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    गलकोट: विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आउनुभएको थियो । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुगे । जिल्लालाई भ्रमणको पहिलो रोजाइ बनाएका भेगनका पर्यटक त्यहाँ पुग्दा केही कमी भएको अनुभव गरेको प्रतिक्रिया दिए ।

     

    पहिलेको ढुङ्गे (परम्परागत) पदमार्ग सडक विस्तारका क्रममा भत्काइएपछि अहिले पक्की (कङ्क्रिट) पदमार्ग निर्माण थालिएको छ । पर्यटन व्यवसायी महादेव शर्माले पर्यटकले पक्की पदमार्ग नरुचाउने बताए । उनले भने “विश्व भेगन समूहलाई बागलुङमा टे«किङ गराई पर्यटनको विकास गर्न एक वर्षपहिला सम्भाव्यता अध्ययन गरेका थियौँ । अध्ययनका क्रममा पहिलेका ढुङ्गे पदमार्ग मासेर ढलान गरेर पदमार्ग बनाएको पाइयो, पक्की पदमार्ग खर्चिलोमात्र होइन पर्यटकले समेत रुचाउँदैनन् ।” अन्नपूर्ण बेस क्याम्प पुग्ने पदमार्ग नयाँ मोटरबाटो निर्माणका कारण छोटो भएपछि त्यहाँ आउने पर्यटकलाई यहाँ ल्याउन थालिएको उनले जानकारी दिए ।

     

    यहाँ पदयात्रा व्यवसायको सम्भावना भए पनि पुरानाको संरक्षण र नयाँ पदमार्गको पहिचान र निर्माण गर्नुपर्न व्यवसायी शर्माको जोड रहेको छ । बिना योजना खनिने ग्रामीण सडकका कारण पुराना पदमार्ग हराउने अवस्थामा पुगेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । परम्परागतभन्दा पक्की पदमार्ग खर्चिलो हुने, कम आकर्षण हुने र पदयात्रा गर्दा छिटो थाक्ने ट्रेकिङ व्यवसायी बताउँछन् । जिल्लामा सञ्चालित २८ वटा घरवासले समेत पूर्वाधार निर्माणअन्तर्गत धमाधम पदमार्ग निर्माण थालेका छन् । यसमा पनि पक्की ढलान सहितका बढी छन् ।

     

    चर्चित पदमार्गका रुपमा रहेको अन्नपूर्ण आधार शिविर पुग्ने मार्ग सडकका कारण छोटिँदै गएपछि ट्रेकिङ व्यवसायी बिस्तारै बागलुङ, म्याग्दी तथा मुस्ताङतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा लामो पञ्चकोट हुँदै ढोरपाटन पुग्ने धौलागिरि चक्रीय पदमार्गको समेत पहिचान गरिएको छ । उक्त मार्गलाई अग्र्यानिक पदमार्गका रुपमा विकास गर्न सकिएमा यहाँ टे«किङ व्यवसायको राम्रो सम्भावना देखिन्छ ।

     

    विश्व भेगन अर्गनाइजेशनसँग बागलुङ नगरपालिकाले संस्थागत रुपमा पर्यटक भित्र्याउन सहकार्य थालनि गरेको छ । उक्त समूहले अधिकांश क्षेत्रमध्ये बागलुङलाई पहिलो रोजाइमा पारेको भेगनले जनाएको छ । यहाँका पर्यटकीयस्थल ढोरपाटन, घुम्टेको धुरी, गाजाको दह, सर्वसिद्धिधाम पञ्चकोट पुग्ने पदमार्ग बिस्तारै नासिँदै गएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । अहिले घुम्टे पुग्ने परम्परागत पदमार्ग मासेर ढलानको पदमार्ग बनाउन लागिएको छ । हाल चार किलोमिटरभन्दा बढी ढुङ्गे पदमार्ग रहेको घुम्टेमा धमाधम डेढ किलोमिटर सिमेन्टेड पदमार्ग निर्माण थालिएको हो ।

     

    यसैगरी शिवधुरी सामुदायिक घरवास र तङ्ग्रामको फापरखेत सामुदायिक घरवास पुग्ने मार्गसमेत ढलान गरिएको छ । हाल यहाँको काठेखोला गाउँपालिकाको बिहुँ घोडाबाँधेदेखि लेखानी हुँदै गाजादह पुग्ने तथा रेसदेखि सत्यवती हुँदै गाजादह आउने मार्ग निर्माणले तीव्रता पाएको छ । पर्यटन मन्त्रालयको रु ४५ लाखको लागतमा मदन भण्डारी मार्ग निर्माण भइरहेको छ । निर्माण हुने मार्गमा सिमेन्टको प्रयोग नगरी ढुङ्गा छापेर परम्परागत शैलीमा निर्माण भइरहेको काठेखोला गाउँपालिका–७ रेसका वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

     

    पदमार्ग पर्यटकले रुचाउने हुनुपर्ने बागलुङका पर्यटन व्यवसायी निलेश राजभण्डारी बताउछन् । नितान्त प्राकृतिक तथा कम खर्चिलो पदमार्गमा टे«किङ गर्न पर्यटकले रुचाउने गर्छन् । यहाँ चिनियाँ र कोरियन पर्यटक आउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.