काठमाडौं : नेपाल प्रहरीको प्रमुख (आइजीपी)को नियुक्ति सम्बन्धमा छलफल गर्न आज मन्त्रीपरिषदको बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो मन्त्रिपरिषद बैठक डाकेका छन ।
आज सोमबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
आजको बैठकमा भोली माघ २९ गतेदेखि रिक्त हुने आइजीपीमा कसलाई नियुक्त गर्ने भन्ने बारेमा छलफल गरी निर्णय हुन सक्ने अनुमान गरिएको छ ।
माघ २९ गते हालका आइजीपी सर्बेन्द्र खनाल ३० बर्षे सेवा हदका कारण अवकाश पाउँदै छन ।
नयाँ आइजीपीका लागि डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणि प्रसाद लम्सालको नाम चर्चामा छ ।
Facebook Comments Box