Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 12
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » वर्षायाममा विजुली महसुल सस्तो हुदैँ

    वर्षायाममा विजुली महसुल सस्तो हुदैँ

    पहिलोक्लिकपहिलोक्लिकFebruary 11, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौं । पहिलोपटक नेपालमा विद्युतको महसुल पनि सिजनल (मौसमी) रुपमा तोकिने भएको छ । प्राधिकरणले हालै विद्युत निययन आयोगमा नयाँ महसुल दरको प्रस्ताव गरेको छ, जसमा टाइम अफ दि डे (टीओडी) मिटर जडान गर्ने ग्राहकलाई सिजनल मूल्य तोक्न प्रस्ताव गरिएको छ । साधारण घरेलु ग्राहकले भने यस्तो सुविधा पाउने छैनन् ।

     

    सरकारले हिउँदमा भन्दा वर्षामा विजुलीको मूल्य सस्तो हुने गरी स्मार्ट मिटर (थ्रीफेज) जोडेकाहरुलाई यस्तो सुविधा दिन प्रस्ताव गरेको हो ।

     

    घरेलु ग्राहककोमा यो खालको व्यवस्था गर्न तत्काल सम्भव नहुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । घरेलु ग्राहककोमा स्मार्ट मिटर नभएकाले यसरी समय अनुसारको महसुल तोक्न सक्ने अवस्था नभएको उनको प्रष्टीकरण छ । काठमाडौंमा बल्ल पहिलो फेजमा करिब १लाख घरेलु स्मार्ट मिटर जोड्न पाइलट प्रोजेक्ट सुरु गरेको छ ।

     

    प्राधिकरणले गरेको प्रस्ताव नियमन आयोगले स्वीकृत गरेमा टीओडी मिटर राख्ने ग्राहकले वैशाखदेखि मंसिर र पुसदेखि चैतसम्म फरक-फरक दरमा महसुल बुझाउन पाउनेछन् । टीओडी मिटरमार्फत लाइन लिएका औद्योगिक, ब्यापारिक, गैरब्यापारिक, सिँचाई, सामुदायिक खानेपानी, चार्जिङ स्टसन, सडकबत्ती र मन्दिर र अस्थायी ग्राहकले जोड्ने टीओडी मिटरमा अब सिजन महसुल तोक्न लागिएको हो ।

     

    टीओडी मिटर राखेर मथिल्लो, मझौला र तल्लो स्तरको भोल्टेज प्रयोग गर्ने ग्राहकले अब विहान, बेलुकी र साँझको मूल्य मात्रै फरक पाउने छैनन्, हिउँद र वर्षामा पनि विजुलीको मूल्य फरक पाउनेछन् ।

     

    वैशाखदेखि मंसिरसम्म कम महसुल

    वैशाखदेखि मंसिरसम्म देशभित्र विजुलीको उत्पादन बढी हुन्छ । वर्षायाम हुने र नदीमा पानीको सतह पनि बढ्ने भएकाले यो सयममा भारतबाट विजुली आयात गर्नुपर्ने अवस्था छैन । यो समयमा टीओडी मिटर जोड्नेहरुले हिउँदको भन्दा सस्तो विजुली पाउनेछन् ।

     

    प्रस्तावअनुसार वैशाखदेखि मंसिरसम्मका हरेक दिनलाई ३ खण्डमा विभाजन गरेर बिलिङ गरिनेछ । साँझ ५ बजेदेखि राती ११ बजेसम्मलाई ‘पिक समय’ (बढी विजुली माग र खपत हुने समय) समय’, राती ११ बजेदेखि हिवान ५ बजेसम्मलाई ‘अफ पिक समय’ (कम माग र खपत हुने समय) र विहान ५ बजेदेखि साँझ ५ बजेसम्मलाई ‘अन्य समय’मा विभाजन गरी टीओडी मिटर धनीलाई महसुल फरक-फरक तोक्न लागिएको हो ।

     

    यसअनुसार पिक समयमा खपत भएको विजुलीको मूल्य बढी तिर्नुपर्छ, अफ पिक समयमा विजुली खपत गर्दा मूल्य सस्तो पर्छ भने अन्य समयमा खपत गर्दा मध्यस्तरको महसुल तोक्न लागिएको छ ।

     

    उदाहरण हेरौं : टीओडी मिटरमा १३२ केभी औद्योगिक लाइन लिएकाले डिमान्ड शुल्कबापत २७० रुपैयाँ तिर्नुपर्छ । पिक समयमा प्रतियुनिट १०.४५ रुपैयाँ, अफ पिकमा ५.३५ रुपैयाँ र अन्य समयमा ८.५० रुपैयाँ प्रतियुनिट महसुल लाग्छ ।

     

    तर, ६६ केभी लाइन लिएका औद्योगिक ग्राहकले २७५ रुपैयाँ डिमान्ड शुल्कसहित पिक समयमा १०.५० रुपैयाँ, अफ पिकमा प्रतियुनिट ५.४० रुपैयाँ र अन्य समयमा ८.५५ रुपैयाँ महसुल प्रस्ताव गरेको छ ।

     

    हिँउदमा वर्षामा बढी महसुल

    सरकारले हिउँदमा विजुली खपत गर्दा भने केही महंगो मूल्य पर्ने गरी प्रस्ताव गरेको छ । हिउँदमा उत्पादन कम भएर विजुली भारतबाट ल्याउनुपर्ने भएकाले सरकारले हिउँदको विजुलीमा वषर्ाको जस्तो सहुलियत महसुल दर तोक्न प्रस्ताव गरेको छैन ।

     

    प्रस्तावअनुसार पुसदेखि चैतसम्मको सुख्खायामका प्रत्येक दिनलाई टीओडी मिटरले दुई भाग गरेर महसुल गणना गर्नेछ । साँझ पाँच बजेदेखि राती ११ बजेसम्म पिक समय र राती ११ बजेदेखि साँझ ५ बजेसम्मलाई अन्य समयका रुपमा गणना गरेर मिटरको बिलिङ गरिनेछ ।

     

    उदाहरण हेरौं : प्रस्ताव अनुसार १३२ केभीका औद्योगिक ग्राहकले डिमान्ड शुल्क २७० रुपैयाँ तिर्नुपर्छ । पिक समयको महसुल दर प्रतियुनिट १०.४५ रुपैयाँ हुनेछ भने अन्य समयको महसुल दर ८.५० रुपैयाँ ।

     

    ६६ केभीको औद्योगिक ग्राहकले २७५ डिमान्ड शुल्क तिर्नुपर्छ भने पिक समयको महसुल प्रतियुनिट १०.५० रुपैयाँ र अन्य समयमा ८.५५ रुपैयाँ कायम गन प्रस्ताव गरिएको छ ।

     

    यसअनुसार सरकारले रातको समयमा माग कम भएर खेर जान सक्ने विजुली ठूला ग्राहकलाई खपत गराउन उत्प्रेर्रित गरेको देखिन्छ । रातको सयममा सस्तो विजुली दर प्रस्ताव गरेको सरकारले यसपटक जसले बढी विजुली खपत गर्‍यो उसले तिर्ने महशुलको रेन्जमा सहुलियत दिन खोजेको पनि देखिन्छ ।

     

    जस्तै ६६ केभीका ग्राहकलाई भन्दा १३२ केभीका ग्राहकको महसुलदर सस्तो र सहुलियतपूर्ण प्रस्ताव गरिएको छ । सरकारले बढी विजुली खपत गराउने रणनीति अनुरुप यसपकट जति बढी विजुली खपत गर्‍यो उनी नै बढी कम महशुल तिर्नुपर्ने गरी महसुलदर प्रस्ताव गरेको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.