Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नयाँ पुस्तालाई गौरवपूर्ण इतिहास र संस्कृति सिकाउनु जरुरी छः प्रम

    नयाँ पुस्तालाई गौरवपूर्ण इतिहास र संस्कृति सिकाउनु जरुरी छः प्रम

    पहिलोक्लिकपहिलोक्लिकFebruary 11, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेको बताएको छ ।

     

    गृह मन्त्रालयमा आज ७० औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा वर्तमानप्रति जिम्मेवार बन्ने र भविष्यप्रति उत्तरदायी हुने सभ्य समाज हुने तर मनपरी गर्न पाइने छाडातन्त्र स्वीकार्य नहुने स्पष्ट गरे ।

     

    आफ्नो सभ्यताको राम्रा पक्षलाई जोगाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले अग्रजको सम्मान गर्न आग्रह गरे । राष्ट्र एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेतृत्व गरेको प्रसङ्ग जोड्दै प्रधानामन्त्री ओलीले नेपाली जनताकै अथक प्रयासबाट राष्ट्र निर्माणको गौरवपूर्ण इतिहास रचिएको बताए । उनले भने, “ तत्कालीन समयमा कालु पाँडे काटिए, छोरा दामोदर पाँडे पनि काटिए, भीमसेन थापा रेटिएर मारिए, उनका बाबु अमरसिंह थापा अलपत्र भएर हराए, जनताका छोराहरुले रगत र पसिना बगाएर बनाएको देशको इतिहासलाई बिर्सनुहुन्न ।”

     

    उनले इतिहास र पुर्खाको बलिदानलाई कर्मकाण्डी बनाउनु नहुने बताउँदै भने, “हामी विद्वान् र बहादुर पुर्खाका सन्तान हौँ, त्यसैले इतिहासप्रति गर्व गर्न सिकौँ ।” उनले प्रजातन्त्र दिवसमा हरेकको घरमा दीपावली होस् भन्ने कामनासमेत गरे । पालिका, वडा, विद्यालय र सङ्घसंस्थाको तहमा समेत दिवस मनाउनुपर्ने उनको सुझाव थियो । दिवसहरु बढी सरकारी कार्यक्रम जस्तो देखिएकाले जनताका कार्यक्रमका रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको उनले बताए ।

     

    विसं २००७, २०४६, २०६२÷६३ र वर्तमान संविधान नबुझी नेपाल नबुझिने तर्क गर्दै प्रधानमन्त्री ओलीले हाम्रा सन्ततिलाई त्यस्ता इतिहास बुझाउनु जरुरी रहेको औँल्याए । सात साल भनेको साल मात्रै नभई समाज परिवर्तनको एउटा खास परिघटना भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “यसले हाम्रो समाजलाई एउटा अन्धकार युगबाट आधुनिक युगमा प्रवेश गरायो ।”

     

    संस्कृतिलाई बिगार्न हुन्न

    प्रजातन्त्र मूल समारोह समितिका संयोजकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकको भाषा, संस्कृति र सत्कारलाई बिगार्न नहुनेमा जोड दिए । सञ्चारमाध्यमबाट समाचारमा छापिएको विषय कोट्याउँदै प्रधानमन्त्री ओलीले आफ्नो भाषाको मर्मलाई मार्न नहुने बताए । उनले भने, “हाम्रो सञ्चारमाध्यमलाई हजुरभन्दा साह्रै सानो लाग्छ, अङ्ग्रेजीमा कपी गरेर मिस्टर÷म्याडम भनेर बोलाउँदा राम्रो लाग्छ, कसैलाई तपाईं भन्नुपर्दा अपमान भएजस्तो लाग्छ, त्यस्तो होइन हाम्रो भाषा बच्चाबच्चीलाई माया गरेर तँ भनिन्छ, हुर्किंदै गएपछि तिमी हुन्छ र अग्रज वा सहकर्मीलाई तपाईं भनिन्छ ।” तपार्इं भन्ने आदरार्थी व्यवहार समाजबाटै हटाउने सङ्गठित प्रयास भएकामा प्रधानमन्त्रीले चिन्ता प्रकट गरे ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.