Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली: कम बोल्ने तर मरिमेट्ने, दाजुभाई एउटै संगठनमा

    नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली: कम बोल्ने तर मरिमेट्ने, दाजुभाई एउटै संगठनमा

    पहिलोक्लिकपहिलोक्लिकFebruary 11, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: प्यूठानको झिम्रुक गाउँपालिका –१ का नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सरल र प्रचार नचाहने व्यक्तिको रुपमा चिनिनुहुन्छ ।

     

    आफ्नो काममा दत्तचित्त भएर लाग्ने तर कतै प्रचारमा नदेखिए कै कारण उहाँको शालिनता प्रष्ट हुन्छ । अहिलेसम्म आर्थिक विवादमा समेत तानिनुभएको छैन । उहाँसँग काम गरेका प्रहरी अधिकृतहरु पनि ज्ञवालीलाई सरल र सहयोगी व्यक्तिका रुपमा चिनेको बताउनुहुन्छ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सिधैँ आईजीमा फड्को मार्नुभएका ज्ञवाली आईजीमा नियुक्त हुँदा कुनै राजनीतिक चलखेल भएन, न त उहाँलाई कसैले अयोग्य र कार्यसम्पादन मूल्याङ्कनमा कम अङ्क ल्याएका व्यक्ति भनेर नै भने । प्यूठानको तत्कालीन बादिकोट गाविसमा विसं २०२२ मा जन्मनुभएका उहाँको बारेमा धेरैलाई जानकारी कम छ । पछि उहाँको परिवार दाङमा बसाइँसरेको थियो । उहाँले विसं २०४७ असारमा प्रहरी निरीक्षकको रुपमा सेवा शुरु गर्नुभएको थियो ।

     

    ज्ञवालीले जिल्लाको ओकरकोटस्थित माविमा एसएलसी गरेपछि त्रिचन्द्र कलेजबाट आईएससी गर्नुभएको थियो । त्यसपछि कीर्तिपुर क्याम्पसबाट उच्च शिक्षा हासिल गर्नुभयो । मन्त्रिपरिषद्ले आईजीमा नियुक्त गर्दा सामाजिक सञ्जालमा उहाँको प्रशंसा मात्रै देखिनुले पनि उहाँको व्यक्तित्व झल्किने बताइएको छ ।

     

    विगतमा प्रहरी महानिरीक्षक नियुक्तिको विषय अदालतमा पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ । तर यसपटक निर्विकल्प रुपमा उहाँको नाम गएको एक प्रहरी अधिकृतले बताउनुभयो । चार वर्षअघि जयबहादुर चन्द आईजी हुँदा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल अदालत पुग्नुभएको थियो । उपेन्द्रकान्त अर्याल आईजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । वर्तमान आईजी सर्वेन्द्र खनाल डिआईजीबाट बढुवा हुँदा तत्कालीन डिआईजी रमेश खरेलले राजीनामा दिनुभयो ।

     

    नवनियुक्त आईजी ज्ञवाली विसं २०५८ मा डीएसपीमा हुनुहुन्थ्यो । विसं २०६६ मा एसपी, २०७३ मा एसएसपी हुनुभएका उहाँ २०७५ असोजमा डीआईजीमा बढुवा हुनुभयो । उहाँका भाई श्यामलाल ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एसएसपीको रुपमा कार्यरत हुनुहुन्छ ।

     

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रसहित दाङ, बारा, झापा, रुपन्देही, रुकुमलगायत ठाउँमा काम गरेको अनुभव उहाँसँग छ । उहाँ विसं २०४६ माघमा वर्तमान प्रहरी महानिरक्षिक खनालसँगै परीक्षा दिँदा वैकल्पिकमा नाम निकाल्नुभएको थियो ।

     

    त्यसकारण पाँच महिना ढिला गरी विसं २०४७ असारमा उहाँ प्रहरी सेवामा लाग्नुभएको थियो । अहिले प्रहरी महानिरीक्षक खनालसहित तीन एआईजीले अवकास पाएपछि उहाँ सिधैँ डिआईजीबाट बढुवा भएर आईजी बन्नुभएको हो ।

     

    शान्ति सुरक्षा र कानून कार्यान्वयन पहिलो काम

    नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज साँझ संक्षिप्त कुरा गर्दै कानून कार्यान्वयमा दत्तचित्त भएर प्रहरी सङ्गठनलाई अगाडि बढाउने बताउनुभएको छ ।

     

    कार्यभार सम्हालेपछि भावी कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिँदै ज्ञवालीले गृह मन्त्रालयले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा नै आफ्नो जोड रहने बताउनुभयो । उहाँले समाजमा शान्ति कायम गर्नु प्राथमिकताको विषय हुने बताउनुभयो । “नेपाल प्रहरीले गर्ने भनेको, गृह मन्त्रालयको नीति तथा कार्यक्रम लागू गर्ने हो, त्यसमा कुनै कसर बाँकी रहने छैन”, ज्ञवालीले भन्नुभयो ।

     

    समाजमा शान्ति सुरक्षा प्रदान गरी नागरिकको सुरक्षामा प्रहरी सङ्गठन हरतहरले लाग्दै आएको र आगामी दिनमा लाग्ने बताउँदै उहाँले आफू आईजी नियुक्त हुनुलाई नियमित प्रक्रियाको रुपमा लिएको प्रतिक्रिया दिनुभयो ।

    Facebook Comments Box

    प्रहरी महानिरीक्षक ज्ञवाली
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.