Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अझै न्याय पाइनन् सानुमायाले

    अझै न्याय पाइनन् सानुमायाले

    पहिलोक्लिकपहिलोक्लिकFebruary 12, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    सोलुखुम्बु: सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी सानुमाया राई एक वर्षदेखि न्यायको खोजीमा भौँतारिएको छ । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गर्नुभएकी राई आफ्नै घरपरिवारबाट पीडित बनेको बताउछिन ।

     

    नेपाली सेनामा कार्यरत श्रीमान्को समेत विसं २०७५ असोज २ गते कमलपित्त (जन्डिस) का कारण मृत्यु भएपछि ससुरा रुङ्थे राईले घर निकाला गरेको पीडित राईको भनाइ छ । एक छोरा र दुई छोरीसमेतको जायजन्म भए पनि हाल आफू एक्लै बस्नुपर्ने बाध्यता रहेको सानुमायाको भनाइ छ । दश वर्षको छोरा निरोज राई, छ वर्षकी छोरी निर्जला राई र चार वर्षकी छोरी सिर्जना राई भए पनि ससुराले ज्यान मार्ने धम्की दिएर बालबच्चाको इच्छाविपरीत उनीहरूलाई जबर्जस्ती घरमा राखेर आफूलाई निकालेको उनको भनाइ छ ।

     

    श्रीमान् भए पनि घरमा बारम्बार गालीगलौज गर्ने, खानलाउनसमेत नदिने सानुमायाको गुनासो छ । “छोराछोरी मलाई देख्दा रोइकराई गर्छन्”, राईले भनिन, “संविधानतः पाँच वर्षको छोराछोरी आमाको साथमा हुनुपर्ने, उचित समयमा शिक्षा पाउनुपर्ने भए पनि त्यसको समेत उल्लङ्घन भएको छ ।”

     

    सानुमायाले घर निकाला भएपछि २०७५ असोज २४ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमार्फत उजुरी दर्ता गरेकी थिईन । प्रहरीका अनुसार असोज २७ गते छलफल गरी मिलापत्र गराएको भए पनि ससुराले पुरानै व्यवहार दोहो¥याउँदा घरसमेत फर्कन नसकेको राईले गुनासो गरिन । “घरमा जाने अवस्था भएन, मेरो छोराछोरी लगेर गए”, राईले भनिन, “म देवरको घरमा बसँे, माइत घरमा जान पनि डर लाग्यो, अहिले मेरो ज्यानको सुरक्षा छैन, तर पनि प्रहरीले समेत न्याय दिलाउन सकेन ।”

     

    श्रीमान् हुँदासमेत घरमा खानालाउन राम्रोसँग नपाएको सानुमायाले बताईन । श्रीमान्को मृत्युपश्चात नेपाली सेनाबाट प्राप्त गर्ने सेवासुविधाका लागि छोराछोरीसहित ‘हेडक्वार्टर’मा जानुपर्ने भए पनि छोराछोरी नदिएपछि सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको उनको भनाइ छ । “मेरो उद्देश्य केही छैन, आफू अनपढ भएर दुःख पाएकैले पनि जस्तोसुकै कष्ट सहेर भए पनि मेरा छोराछोरीलाई राम्रो शिक्षा दिन्छु ।” प्रहरी कार्यालयबाट समेत न्याय नपाएपछि इन्सेक सोलुखुम्बुको शरणमा आएकी सानुमायाले आँशु झार्दै भनिन, “विद्यालय जाने उमेरका मेरा छोराछोरी विद्यालय जान पनि पाएका छैनन्, राम्रो खानलाउन पनि पाएनन्, हरेक अधिकारबाट वञ्चित गराइयो ।”

     

    सानुमायाका ससुरा रुङ्थे राईलाई बारम्बार सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी महेन्द्र दर्नालले एकपटक सामान्य छलफल गराएको भए पनि पुनः नआएपछि समस्या समाधान भएको महसुस भएको बताए । उनले तत्कालै प्रहरी कार्यालयमा दुवै पक्षलाई राखी कानूनसम्मत छोराछोरी आमाको जिम्मा लगाउने र सेनाबाट पाउने सेवासुविधा प्राप्त गर्ने वातावरण सिर्जना गरिदिने बताए ।

    के छ कानूनी व्यवस्था ?

    मुलुकी देवानीसंहिता, २०७४ को भाग ३ को परिच्छेद ४ को दफा ११५ को उपदफा १ (क) मा पाँच वर्ष उमेर पूरा नभएको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभए पनि निजले चाहेमा आमाको जिम्मा, सोही उपदफाको (ख) मा पाँच वर्षभन्दा माथिको नाबालक भए आमाले अर्को विवाह गरेको बाहेक निजले चाहेमा निजको जिम्मा रहने व्यवस्था उल्लेख छ । उपदफा १ ले सानुमायाको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने देखिन्छ ।

     

    सोही दफाको उपदफा ४ मा कुनै नाबालक यस दफाअन्तर्गत आमा वा बाबुमध्ये कुनैको जिम्मा रहेकोमा त्यसरी जिम्मा लिने बाबु वा आमाको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले अविलम्ब त्यस्तो नाबालक आफ्नो जिम्मामा लिनुपर्ने छ भन्नेसमेत उल्लेख गरेको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.