काठमाडौं: कारोबारको तेस्रो दिन सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ७ सय रूपैयाँ भएको छ।
गत आइतबार र सोमबार प्रतितोला ७६ हजार रहेको सुन मंगलबार ७५ हजार ९ सयमा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले कमी आएर प्रतितोला ८ सय ७५ रूपैयाँ भएको छ।
गत आइतबार यताका तीन दिन चाँदी प्रतितोला ८ सय ८० रूपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहानसम्म सुन प्रतिऔंस १५६९.९० डलरमा कारोबार भइरहेको थियो ।
Facebook Comments Box