कीर्तिपुर : अमेरिकासंगको क्रिकेटमा नेपाललाई जीत दिलाउन महत्वपूर्ण योगदान दिएका बलर सन्दीप लामिछानेले आज नयाँ कीर्तिमान कायम गरेका छन ।
एकदिवसीय अन्तराष्टिय क्रिकेट (ओडिआई) को एकै खेलमा नेपालका लागि सर्वाधिक विकेट झार्ने नेपाली खेलाडी बनेका छन ।
आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा कीर्तिपुरको मैदानमा भएको अमेरिकासंगको खेलमा आज सन्दीप एक्लैले ६ विकेट लिए ।
उनले ६ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १६ रन मात्र खर्चेर ६ विकेट लिएका हुन् ।
आजको खेलमा सन्दीप र सुशनले धातक बलिङ गर्दै १० विकेट लिएपछि नेपालले अमेरिकालाई १२ ओभरमै ३५ रनमा समेटेको थियो ।
ओडीआई क्रिकेट इतिहासमा यो विश्वकै सबैभन्दा कम स्कोरको खेलको रेकर्ड समेत राखेको छ । यसअघि सन् २००४ मा जिम्बावे श्रीलंका विरुद्ध १८।४ ओभरमा ३५ रनमै अलआउट भएको थियो ।