काठमाडौं: नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दज्र्यानी चिह्नबाट सुशोभित गरे ।

मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।





Facebook Comments Box