Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिपक्ष सांसदका प्रश्नै प्रश्न

    प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिपक्ष सांसदका प्रश्नै प्रश्न

    पहिलोक्लिकपहिलोक्लिकFebruary 15, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएपछि त्यसमाथि सांसदहरुले प्रश्न गर्नुभएको छ ।

    सांसद दिलेन्द्रप्रसाद बडुले एक घण्टाभन्दा बढी समय सम्बोधन गर्नुभएपनि दार्चुलामा सीमा मिचिएको सन्दर्भमा एक वाक्यभन्दा उल्लेख नगरेको बताउनुहुँदै कहिलेदेखि भारतीय प्रधानमन्त्रीसँग वार्ता शुरु हुन्छ भनी प्रश्न राख्नुभएको थियो ।

    सांसद सरिता गिरीले संविधान संशोधनको प्रधानमन्त्री ओलीको प्रतिबद्धता कहिले पूरा हुन्छ भनी जिज्ञासा राख्नुभएको थियो । सांसद पुष्पा भुसाल गौतमले संवैधानिकरुपमा व्यवस्था भएको महिलाको ३३ प्रतिशत सहभागिता किन मन्त्रिपरिषद्मा लागू भएन, प्रधानमन्त्री नै किन संविधान कार्यान्वयनमा लाग्नुभएन भनी प्रश्न गर्नुभयो ।

    सांसद प्रेम सुवालले भक्तपुरमा कोरना भाइरसको उपचार केन्द्र किन राख्न लागेको भनी प्रश्न राख्दै स्थानीय जनताको माग त्यहाँ नराख्नु भन्ने रहेको बताउनुभयो । सांसद पार्वता डिसी चौधरीले ललिता निवासको जग्गाको विषय अदालतमा गइसकेपछि पनि किन सरकारले प्रभावित गर्न खोजेको भनी जवाफ माग गर्नुभयो ।

    सांसद अमृतादेवी अग्रहरीले पूर्वन्यायधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने जिज्ञासा राख्नुभएको थियो । सांसद डिला सँग्रौला पन्तले यती यएरलाइन्ससँग किन सरकार सती गयो भनी प्रश्न गर्नुभयो । सांसद रेणुका गुरुङले संसदीय समितिले दिएको निर्देशन किन सरकारले पालना गरेन भनी प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद रामबहादुर विष्टले पाँच वर्ष सम्झौता बाँकी हुँदै गोकर्ण र शिवपुरीलगायत स्थानको जग्गा यती कम्पनीलाई दिइएको उल्लेख गर्नुहुँदै सरकार बलियो भएको कि यती कम्पनी बलियो हो स्पष्ट पार्न माग गर्नुभयो । सांसद लक्ष्मी परियारले जनता रुन पाएका छन्, दुई वर्षको कामले खुसी र सुखी हुने ठाउँ नरहेको किन भनी जिज्ञासा राख्नुभयो । सांसद भवानीप्रसाद खापुङले बाल विकासमा कार्यरत शिक्षिकाले कहिलेदेखि न्यूनतम् पारिश्रमिक पाउँछन् भनी प्रश्न गर्नुभयो ।

    सांसद प्रकाश स्नेही रसाइलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का सन्दर्भमा सत्तारुढ दलका नेता पिच्छे फरकफरक धारणा आइराखेकाले सरकारको आधिकारिक धारणा के हो भनी माग गर्नुभयो । सांसद मीनबहादुर विश्वकर्माले मिडिया काउन्सिल विधेयकमा सत्य तथ्य समाचार नभए पत्रकारलाई कारबाही गर्ने भए सबै जिम्मा पत्रकारलाई लगाएर अदालत बन्द गर्न खोजिएको हो भनी प्रश्न गर्नुभयो ।

    सांसद रङ्गमती शाहीले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता अपनाउँछु भनी प्रधानमन्त्रीले प्रतिबद्धता जाहेर गर्नुभएपनि एनसेललाई दिएको कर छुटलाई के भन्नुहुन्छ भन्ने जिज्ञासा राख्नुहुँदै सडक सबै कालोपत्र भएको दाबी गरिरहँदा गाडीको सिसा खोलेर उपत्यकामै निरीक्षण गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । सांसद बालकृष्ण खाँणले संविधानको रक्षा गर्नु सरकारको दायित्व हुने भए पनि मानवअधिकार, मिडिया काउन्सिललगायत विधेयक मौलिक अधिकार कुण्ठित गर्ने गरी ल्याइएको बताउनुभयो ।

    सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी कहिले कार्यान्वयनमा जान्छ भनी प्रश्न गर्नुभयो । सांसद महेन्द्र राय यादवले सरकार स्थिर भए पनि राजनीति स्थिर नभएको बताउनुहुँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सहीरुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । सांसद दिव्यमणि राजभण्डारी र सांसद राजेन्द्रकुमार केसीले तुइन विस्थापित एक वर्षमा गर्ने ओली पहिलोपटक प्रधानमन्त्री हुँदाको वाचा दोस्रोपटक प्रधानमन्त्री भएको दुई वर्षमा पनि किन पूरा हुन नसकेको भनी जिज्ञासा राख्नुभयो ।

    सांसद मीना सुब्बाले पाँच वर्ष बाँकी हुँदै २५ वर्ष गोकर्ण रिसोर्टको अवधि एउटै कम्पनीलाई थप गर्नुका पछाडि भ्रष्टाचार भएको छैन भन्ने आधार के छ भनी जवाफ माग गर्नुभयो । सांसद चित्रलेखा यादवले ललितपुरको धोबीघाटमा हिजोमात्र छ सात पटक बत्ती निभेकाले लोडसेडिङ अन्त्य भनेको यही हो भनी प्रश्न गर्नुभयो ।

    सांसद हिरा गुरुङले एकदलीय पञ्चायती मार्गमा सरकार हिँड्न खोजेको भन्दै पछिल्ला दुई वर्षमा सरकारले संसद्मा दर्ता गरेका विधेयकले पुष्टि गरेको आरोप लगाउनुभयो । सांसद सुजाता परियारले संवैधानिक महिला आयोग किन दुई वर्षदेखि नेतृत्वविहीन भएको छ भनी सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    Facebook Comments Box

    तिपक्ष सांसदका प्रश्नै प्रश्न
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.