काठमाडौं : उपसभामुखबाट केही समयअघि मात्रै राजीनामा दिएकी डा शिवमाया तुम्वाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिएकी छिन ।
उनलाई कानुनमन्त्रीको रुपमा आज सोमबार शपथ ग्रहण गरेकी हुन ।
यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो । सभामुख नियुक्तिका लागि उपसभामुखको राजीनामापछि नेकपाले उनलाई रिक्त रहेको मन्त्रालय सुम्पने आश्वासन पहिल्यै दिएको थियो ।
त्यसअनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर गर्दै तुम्बाहाम्फेलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएका हुन ।
Facebook Comments Box