काठमाडौं :चीनको वुहानबाट नेपाली लिएर आएको नेपाल एयरलाइन्स (एनएसीं) को वाइडबडीको क्वारेन्टाइन अवधि आज पूरा भएको छ ।
वाइडबडी ए३३० जहाज क्वारेन्टाइनको अवधि पूरा गरेर आज मंगलबारदेखि उडान भर्ने तयारीमा रहेको एनएसीले जनाएको छ ।
‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार प्रक्रिया पूरा गरेर जहाजलाई सुरक्षित राखिएको एनएसीले जनाएको छ । आज यो जहाज साँझ दोहाका लागि उड्दैछ ।
आइतबार बिहान करिव ४ बजे चीनको वुहानबाट १७५ जना नेपाली बोकेर आएको यो जहाजमा क्याबिन क्रुसहित १७ जनाको टोली थिए । विद्यार्थी र नेपालबाट चीन गएका व्यक्तिहरु भने दुई सातासम्म क्वारेन्टानइमा बस्नुपर्छ ।
Facebook Comments Box