काठमाडौं : काठमाडौंको बल्खुस्थित बागमती नदी किनारमा आज मंगलबार बिहानै एक पुरुषको बेवारिसे शव भेटिएको छ।
मधेसी मूलका जस्ता देखिने पुरुषको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिएका छन।
फेला परेको शवको मुचुल्का उठाउने काम भइरहेको समेत प्रहरीले जनाएको छ।
पाइन्ट लगाएको अवस्थामा भेटिएको शव नदी किनारको ढिस्कोमा फेला परेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box