काठमाडौं : चीनको वुहानबाट उद्दार गरिएकाको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट सकारात्मक आएको छ।
खरिपाटीस्थित क्वारेन्टाइन रहेका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उनीहरुको नाक, घाँटीबाट लिइएको स्याम्पलको परीक्षणमा भाइरसको संक्रमण फेला नपरेको मन्त्रालयले जनाएको हो ।
यद्यपि क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि पनि स्वास्थ्य जाँच गर्नुपर्ने भएकाले उनीहरुलाई घर जान भने दिइने छैन ।
उनीहरुलाई चीनको वुहानबाट गत आइतबार नेपाल ल्याई क्वारेन्टाइनमा राखिएको थियो ।
Facebook Comments Box