काठमाडौंः सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्विस कम्पनीका नेपाल एजेन्टसँग ७० करोड कमिनस मागेको अडियो बाहिरीएको छ ।
त्यस अडियोमा सञ्चारमन्त्री बाँस्कोटाले स्विस कम्पनीका नेपाल प्रतिनिधि विजयप्रकाश मिश्र शर्मासँग यसरी कमिशनको कुरा गरेका छन । आफ्नै कर्मचारीलाई अश्लिल शब्द प्रयोग गरी गरिएको अडियो कुराकानीको स्कृप्ट हेर्नुहोस :
विजयप्रकाश मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन।
मन्त्री गोकुल बाँस्कोटा : ह।।।
विजयप्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्ने किभन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको (कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
मन्त्री गोकुल बाँस्कोटा : ठीक छ।
विजयप्रकाश मिश्र शर्मा : त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्यो।
मन्त्री गोकुल बाँस्कोटा : मिलाइदिन्छु।
विजयप्रकाश मिश्र शर्मा : त्यसका लागि (कमिसनका लागि) हामी आउट अफ ट्रयाक जाने कि रु तपाईंले भनेअनुसार नै गर्ने लु भन्नुस्।
मन्त्री गोकुल बाँस्कोटा : अब। क्यापासिटीको कुरा।
विजयप्रकाश मिश्र शर्मा : कुरा चाहि मैले राखेको छु उनीहरुलाई।
मन्त्री गोकुल बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्नेरु
विजयप्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा
मन्त्री गोकुल बाँस्कोटा : उनीहरुले कति निकाल्छनरु
विजयप्रकाश मिश्र शर्मा : यसको टोटलको पर्सेन्ट निकाल्ने हो।
मन्त्री गोकुल बाँस्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं।
विजयप्रकाश मिश्र शर्मा : केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।
मन्त्री गोकुल बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौँ २५ निस्कयो भने कति हुन्छरु
विजयप्रकाश मिश्र शर्मा : ७० जति आउलाकी१ आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि।
मन्त्री गोकुल बाँस्कोटा : तपाइलाई के गर्छनरु छुट्टै गर्छन्रु
विजयप्रकाश मिश्र शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत ९तपाईँहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।
मन्त्री गोकुल बाँस्कोटा : त्यो भनेको कति हुन्छरु
विजयप्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। ९हामीले पनि त अलि अलि राख्नुपर्यो नि। आउट अफ ट्रयाक गइयो भने।
मन्त्री गोकुल बाँस्कोटा : अनि यो कर्मचारीसँग कसले कुरा गर्छ नि?
विजयप्रकाश मिश्र शर्मा : त्यो कुरा तपाईँ गर्नुस्।
मन्त्री गोकुल बाँस्कोटा : एउटा के नगर्नुस भने यी मु…..कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने ९यिनले हेप्छन्। त्यसकारण यो कुरामा तपाई आफैँ लाग्नुस्। कुरा बुझ्नुभो।।
विजयप्रकाश मिश्र शर्मा : त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
मन्त्री गोकुल बाँस्कोटा : त्यो मु…..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस्।