काठमाडौं : सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले कमिसन सेटिङ गर्दा कर्मचारीमाथि अश्लील शव्द प्रयोग गरेको भन्दै कर्मचारी युनियनले उनको विरोध जनाएको छ ।
नेपाल निजामती कर्मचारी युनियन (संघ)ले आज विहीवार एक विज्ञप्ति जारी गर्दै मन्त्रीले अश्लील शब्द प्रयोग गरी कर्मचारीको अपमान गरेको आरोप लगाएको छ ।

युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले जारी विज्ञप्तिमा ‘निजामती कर्मचारीलाई अश्लिल र उपेक्षा बोधक शब्द सम्बोधन गरिएको अडियो रेकर्डका सम्बन्धमा संघको केन्द्रीय समितिले खेद व्यक्त गर्दछ’ विज्ञप्तिमा लेखेका छन ।
मन्त्री पदमा रहेको व्यक्ति भ्रष्टाचार गर्न सेटिङ गरेको तथ्य बाहिरिनु र भ्रस्टाचार सुरक्षार्थ आम राष्ट्रसेवकलाई अश्लिल शब्द प्रयोग गर दुःखको विषय भएको विज्ञप्तिम उल्लेख छ ।
‘प्रधानमन्त्रीका विश्वासपात्र नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट बोलिएको यस्तो अश्लिल शब्दले आम राष्ट्रसेवकको मान मर्दन गरेको छ’, विज्ञप्तिमा भनिएको छ। यो कारवाही योग्य अपराध भएको विज्ञप्तिमा उल्लेख छ।